केटीसंग बोलेमा १० बर्ष जेल जानुपर्ने सजाय

बेलायतका एक जना पुरुषलाई १० वर्षसम्म महिलाहरुसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो । डेभिड डेलाहन्टी नामका ती ५६ वर्षे पुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । सार्वजनिक बसभित्र आफुले ती २० वर्षे युवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झुटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झुटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो । अदालती फैसलापछि अब उनले सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्ष जेलको हावा खानुपर्ने छ । तर इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ । महिलासँग बोलचाल गर्न १० वर्षे प्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ ।

पेनकिलर खाने पुरुषहरु उत्तेजना नहुने समस्याको शिकार

नियमित रुपमा दुखाइ कम गर्ने औषधि पेन किलर खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ । स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।

NEW
© स्वदेश अनलाइन . Design by Fearne