चिनियाँ युवतीको जुत्तामा एक करोडको सुन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ

काठमाडौं, ९ पुस । जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँ युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। विमानस्थलस्थित भन्सार कार्यालयले २ किलो सुनसहित चिनियाँ युवती हुकाओ पुलाई शनिबार दिउसो पक्राउ गरेको हो। एयरचाइनाको उडानबाट नेपाल आएका उनीमाथि ह्यान्ड ब्याग चेकिङमा क्रममा सुन बरामद भएको एयरपोर्टका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। जुत्ता खोल्दा पनि पत्ता नलागोस् भनेर उनले पैतलामुनी १÷१ किलो सुनका बिस्कुट लुकाएकी थिइन् । तस्करीकै उदेश्यले उनी नेपाल आएको भन्सारको आशंका छ। दुई साताअघि पनि एक चिनियाँ महिला तीन किलो सुनसहित विमानस्थलमा पक्राउ परेकी छिन्। त्यस्तै शुक्रबार तीन नेपाली युवकलाई पनि भन्सार कार्यालयले आधा किलो सुनसहित पक्राउ गरेको छ। पछिल्लो नौ महिनामा भन्सार कार्यालयले मात्र विमानस्थलमा ४५ किलो सुन बरामद भइसकेको छ। दृष्टीन्यूजबाट

सांसद बनेका डिआईजी सिलवाललाई प्रक्राउ आदेश दिने तरखरमा प्रहरी मूख्यालय

एमाले पार्टीबाट नव निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ ।यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश र मुद्दा दायर भइसकेको विषयमा सिलवाल शंकाको घेरामा परेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा नेपाल प्रहरी पुगेको हो । प्रहरी प्रमुख अर्यालले सिलवाललार्इ पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउका लागि निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।तत्कालीन डिआईजी जयबहादुर चन्द प्रहरी प्रमुखमा सरकारी नियुक्ती भएसँगै असन्तुष्ट बनेका डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएकोमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको इजलासले उनको मागदाबी अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएसँगै हालका प्रहरी प्रमुख प्रकाश अर्याललाई सरकारले नियुक्ती दिएको थियो । सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन र लोक शेवा आयोगले पेश गरेको कार्यसम्पादन मूल्यांकन फरक पर्न गएकोहुँदा सिलवाल बिरुद्ध मुद्दा दायर भएको हो । हालै नवनिर्वाचित सीलवाल माथी परेको मुद्दा र पक्राउ आदेशले उनी प्रवेश गरेको राजनीतीक पार्टीमा के तरंग ल्याउने हो त्यो हेर्न बाँकि छ ।

फुटको संघारमा पुग्याे नेविसंघ, नैनसिंह महरलाई अध्यक्षबाट हटाइने

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान सुरु गरेका छन् । नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शनिबार बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ । माग पत्रमा अविलम्ब विधान अधिवेशनको माग गरिएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले जथाभावी चन्दा उठाएर पैसा हिनामिना गरी संघको बदनाम गरेको आरोप असन्तुष्ट समूहको भेलाले लगाएको छ । मागपत्र आइतबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन् । उनले मागहरू पूरा नभए केन्द्रदेखि ईकाईसम्म समानान्तर समितिहरू गठन गर्ने चेतावनी दिएकी छिन् । ‘रुपान्तरित कांग्रेसका लागि सदृढ नेवि संघ’ अभियानअन्तर्गत भेला गरिएको उनले बताइन् । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य समूहका नेताको सहभागिता थियो । जसमा ६४ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतको उपस्थिति थियो । आचार्य कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका मनिन्छन् । ‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका छौँ, भेलाले तयार पारेको मागपत्र सभापति वरिष्ठ नेता र महामन्त्रीलाई बुझाउँछौँ’, उनले भनिन् । एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने नेताहरुको भनाइ छ । निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरूको गुनासो थियो । ‘बलियो कांग्रेसका लागि सशक्त नेवि संघ’ अभियान पनि संगै सुरु गरिने विद्यार्थी नेताहरूको भनाइ छ । अध्यक्ष महरले विवाद भएका जिल्ला र क्याम्पसमा अर्को अधिवेशन नगराउँदा संगठन विस्तार नभएको आरोप विद्यार्थी नेताहरूको छ । यस सम्बन्धमा अध्यक्ष महरसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

वेश्या बन्दै करिना कपुर

नायिका करिना कपुर फेरि एकपटक वेश्याको भूमिकामा देखिँदैछिन् । यसभन्दा अगाडि पनि करिनाले र तलाश नामक दुई फिल्ममा वेश्याको भूमिका निर्वाह गरिसकेकी छन् । तलासमा करिनाको भूमिकालाई निकै मनपराइएको थियो । यसपटकको फिल्ममा करिनाको कस्तो भूमिकामा देखिन्छिन् त्यो त फिल्म आएपछि मात्रै थाहा हुनेछ अंग्रेजी अखबार डिएनएका अनुसार राजकुमार गुप्ताको निर्देशनमा बन्न लागेको फिल्ममा करिना कपुरले एक वेश्याको भूमिका निर्पाह गर्नका लागि छनौट भएकी छन् । नयाँ फिल्ममा करिनाले स्किजोफ्रेनियाको सिकार भएकी युवतीको भूमिका निर्वाह गर्नेछिन् । यो थ्रिलर फिल्म इन्डियन पिनल कोड ८४ को वरिपरि द्दुम्नेछ जसको कारण मानसिक अस्वस्थ व्यक्ति अन्जानमा गल्ती गर्न पुग्दछ । यो फिल्मको सुटिंग छिट्टै नै आरम्भ हुने निर्देशक गुप्ताले जानकारी दिएका छन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित भएको बताएका छन् । एजेन्सी

चौतर्फी दवाब पछि प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा

पौष ०८, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवं प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएकाले अब त्यही अनुसारको तयारी गर्नुपर्ने बताए । मन्त्री गौतमले प्रधानमन्त्री शेरवहादुर देउवाले उपयुक्त वातावरण मिलाएर कुर्सी छोड्ने तयारी गरेको जानकारी दिए । उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए । राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले यसलाई अनावश्यक किसिमले लम्ब्याउने काम गर्न नहुने बताए । निर्वाचनपछिमात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

८ पुस, नवलपरासी । ८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले आफ्नो मततर्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाक्ष्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’ तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ । ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे । आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवार आफ्नै भएको बताए । उनले भने, ‘हामी धुविधामा छैनौं । पार्टी एकता बनाइ छाड्ने, सरकार पनि स्थिर बनाउने तथा विकास निर्माण र समाजवादतिर देशलाई लैजाने भन्नेमा हामीले कहिँ कतै दायाबाँदा सोच्ने कुरा छैन ।’

© स्वदेश अनलाइन . Design by Fearne