Menu
    


.

पौष ०८, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवं प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएकाले अब त्यही अनुसारको तयारी गर्नुपर्ने बताए । मन्त्री गौतमले प्रधानमन्त्री शेरवहादुर देउवाले उपयुक्त वातावरण मिलाएर कुर्सी छोड्ने तयारी गरेको जानकारी दिए । उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए । राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले यसलाई अनावश्यक किसिमले लम्ब्याउने काम गर्न नहुने बताए । निर्वाचनपछिमात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

0 comments:

Post a Comment

 
Top