विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका देवर भाउजुले समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका छन् । उनीहरुले गाउँमै रहेको इनारमा हाम्फालेर आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् । भारतको बिहारको जमुइ जिल्लाका उनीहरु प्रेममा भएको कुरा घरमा थाहा भएको थियो । घरमा उनीहरु दुईबीचको प्रेमको विरोध भएपछि उनीहरुले सँगसँगै आत्महत्या गर्ने निर्णय गरेको अनुमान गरिएको छ । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको अुनसक्ने बताइएको छ । शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन । शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे । त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो । मृतकहरु सोखो गाउँ निवासी चंदन कुमार दास र उनकी भाउजु विन्दु देवी रहेको बताइएको छ । मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।
बेलायतका एक जना पुरुषलाई १० वर्षसम्म महिलाहरुसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो । डेभिड डेलाहन्टी नामका ती ५६ वर्षे पुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । सार्वजनिक बसभित्र आफुले ती २० वर्षे युवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झुटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झुटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो । अदालती फैसलापछि अब उनले सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्ष जेलको हावा खानुपर्ने छ । तर इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ । महिलासँग बोलचाल गर्न १० वर्षे प्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ ।