९ पुस, काठमाडौं । वाम गठवन्धनको आडमा निर्वाचन क्षेत्र बाँडफाँडदेखि टिकट वितरणसम्म संस्थापन पक्षले पेलेको भन्ने माधव नेपाल पक्षको गुनासो नेकपा एमालेभित्र अहिले पनि सेलाएको छैन । गणितका आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभा सभामा एमालेबाट प्रत्यक्ष जितेका ८० सांसदमध्ये ओली पक्षको भन्दा ठीक आधा संख्यामा मात्रै माधव नेपाल पक्षका सांसदहरुले जितेका छन् । सूर्यचिन्ह लिएर जितेका तर एमाले प्रवेश गरिनसकेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताबाहेक अरु ७८ सांसद कुनै न कुनै रुपमा पार्टीभित्रका दुई प्रभावशाली गुटमा विभक्त भएका छन् । यतिसम्म कि चुनावको मुखैमा एमाले प्रवेश गरेर सांसद बनेका ललितपुरका नवराज सिलवाल र मुस्ताङका प्रेम तुलाचनलाई पनि नेताहरुले कित्ताकाट गरिसकेका छन् । एमालेभित्र पछिल्लो समय कतिपय नेताहरु नवौं महाधिवेशनको पक्षधरताका आधारमा प्राविधिक रुपमा एउटा गुटमा रहे पनि कोही गुट निरपेक्ष र कोही गुट परिवर्तनको सँघारमा छन् । केन्द्र र प्रदेश सरकार गठनका क्रममा हिजो एउटा गुटमा रहेका नेताहरु अर्को गुटमा पुगेर मन्त्री बने भने अब आश्चर्य हुनेछैन । अनलाइनखबरले एमालेबाट निर्वाचित ८० जना प्रतिनिधिसभा सदस्यहरुको पार्टीभित्रको समीकरण बुझ्दा संस्थापन पक्षमा ५२ जना देखिएका छन् भने माधव नेपाल/झलनाथ खनाल समूहमा २६ जना मात्रै देखिएका छन् । संस्थापन पक्षभित्र केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेलको समूह पर्छ । प्रदेशगतरुपमा निर्वाचित सांसदहरुमध्ये २ नम्बर र ४ नम्बर प्रदेशबाट माधव नेपाल पक्षका एकजना पनि छैनन् । ४ नम्बर प्रदेशमा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सबै उम्मेदवार बिजयी भएका थिए, उनीहरु सबै ओली पक्षका छन् । प्रतिनिधिसभामा निर्वाचित भएर आएका सांसदहरुको संख्याका आधारमा संसदीय दलको नेतामा केपी ओलीलाई चुनौति दिने अवस्था माधव नेपाल पक्षको देखिँदैन । प्रतिनिधिसभामा नेपाल पक्षभन्दा दोब्बर सांसद ओलीको पक्षमा छन् । अब समानुपातिकबाट आउनेहरुको अनुपात पनि यस्तै हुने अनुमान गर्न सकिन्छ । एमालेभित्रको समीकरण र नेताहरुसँगको निकटताका आधारमा प्रत्यक्ष निर्वाचित भएका सांसद को कुन गुटमा छन् त ? हेरौं सूची- केपी ओली पक्ष (५२ सांसद) प्रदेश १ १- बसन्त नेम्वाङ, पाँचथर २- सुवास नेम्वाङ, इलाम २ ३- पवित्रा खरेल, झापा २ ४- एलपी साँवा लिम्बु, झापा ४ ५- केपी शर्मा ओली, झापा ५ ६-राजेन्द्र गौतम, संखुवासभा ७- भवानी खापुङ, तेह्रथुम ८- राजेन्द्र राई, धनकुटा ९- घनश्याम खतिवडा, मोरङ १ १०-भानुभक्त ढकाल, मोरङ ३ ११- विशाल भट्टराई, खोटाङ प्रदेश २ १२- लीलानाथ श्रेष्ठ, सिरहा ३ १३- रघुवीर महासेठ, धनुषा ४ प्रदेश ३ १४-पार्वत गुरुङ, दोलखा १५- गोकुल बास्कोटा, काभ्रे २ १६- भूमि त्रिपाठी, धादिङ १ १७- खेम लोहनी, धादिङ २ १८- कृष्णप्रसाद दाहाल, मकवानपुर १ १९- कृष्ण राई, काठमाडौं ३ २०- ईश्वर पोखरेल, काठमाडौं ५ २१- रामवीर मानन्धर, काठमाडौं ७ २२- कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९ २३- नवराज सिलवाल, ललितपुर १ २४- महेश बस्नेत, भक्तपुर २ प्रदेश ४ २५- कृष्णकुमार श्रेष्ठ, तनहुँ १ २६- केदार सिग्देल, तनहुँ २ २७- खगराज अधिकारी, कास्की १ २८ रविन्द्र अधिकारी, कास्की २ २९- जगत विश्वकर्मा, कास्की ३ ३०- नारायण मरासिनी, स्याङ्जा १ ३१- पद्माकुमारी अर्याल, स्याङ्जा २ ३२- पदम गिरी, पर्वत ३३- डा.सूर्य पाठक, बागलुङ १ ३४- भूपेन्द्रबहादुर थापा, म्याग्दी ३५- पोल्देन छोपाङ गुरुङ, मनाङ ३६- प्रेम तुलाचन, मुस्ताङ ३७- तिलक महत, नवलपुर २ प्रदेश ५ ३८- छविलाल विश्वकर्मा, रुपन्देही १ ३९- बिष्णु पौडेल, रुपन्देही २ ४०- दलबहादुर राना, पाल्पा १ ४१- प्रदीप ज्ञवाली, गुल्मी १ ४२- नन्दलाल रोकाय, बाँके ३ प्रदेश ६ ४३- रविन्द्रराज शर्मा, दैलेख १ ४४- नवराज रावत, सुर्खेत २ ४५- धनवहादुर बुढा, डोल्पा प्रदेश ७ ४६- झपट रावल, कैलाली २ ४७- नारदमुनी राना, कैलाली ५ ४८- नरवहादुर धामी, कञ्चनपुर २ ४९- दामोदर भण्डारी, बैतडी ५०- गणेशसिंह ठगुन्ना, दार्चुला ५१- भैरवबहादुर सिंह, बझाङ ५२- लालबहादुर थापा, बाजुरा माधव नेपाल पक्ष (२६ सांसद) प्रदेश १ १- योगेश भट्टराई, ताप्लेजुङ २- झलनाथ खनाल, इलाम १ ३- लालबाबु पण्डित, मोरङ ६ ४- जयकुमार राई, सुनसरी १ ५- यज्ञराज सुनुवार, ओखलढुंगा प्रदेश ३ ६- गणेश पहाडी, सिन्धुली १ ७- शेरबहादुर तामाङ, सिन्धुपाल्चोक २ ८- नारायण खतिवडा, नुवाकोट १ ९- बिरोध खतिवडा, मकवानपुर २ १० माधवकुमार नेपाल, काठमाडौं २ ११- जीवनराम श्रेष्ठ, काठमाडौं ९ १२- कृष्णलाल महर्जन, ललितपुर २ १३- सुरेन्द्र पाण्डे, चितवन १ १४- कृष्णभक्त पोखरेल, चितवन २ प्रदेश ५ १५- घनश्याम भुसाल, रुपन्देही ३ १६- सोमप्रसाद पाण्डे, पाल्पा २ १७- गोकर्ण विष्ट, गुल्मी २ १८- मेटमणि चौधरी, दाङ १ १९- हिराचन्द्र केसी, दाङ ३ प्रदेश ६ २०- धु्रवकुमार शाही, सुर्खेत १ २१- गोपाल बम, मुगु २२- राजवहादुर बुढा, दैलेख २ प्रदेश ७ २३- दीपक प्रकाश भट्ट, कञ्चनपुर ३ २४- प्रेम आले, डोटी २५- भीमवहादुर रावल, अछाम १ २६- यज्ञवहादुर बोगटी, अछाम २ स्वतन्त्र १- हृदयेश त्रिपाठी, नवलपरासी १ २- बृजेशकुमार गुप्ता, कपिलबस्तु २
केपी ओली पक्षमा ५२, माधव नेपालसँग २६ मात्रै (सूचीसहित)
|
.
0 comments:
Post a Comment