सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः १ कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ । २ यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन । ३ यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ । ४ दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ । ५ सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम ९हाडे बदाम० को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ । ७ मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन । ८ नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ । ९ धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ । १० हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ । ११ तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ । १२ यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।
ओठ सौन्दर्य दर्साउने अङ्ग हो । यद्यपि हामी ओठलाई कम ध्यान दिन्छौं । ओठले मानिसको आकर्षण, सुन्दरता, उमेर, शरीरको स्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ठूलो-बाक्लो ओठ प्रायः अपि|mकी मूलको पहिचान हुन्छ । मंगोल जातिको ओठ प्रायः मसिनो हुन्छ । हाम्रो हँसाइमा ओठको विशेष भूमिका हुन्छ । सही ओठ भन्नु नै यसको आकार हो । माथिल्लो ओठ, तल्लो ओठ, बाक्लो-पातलो सबैको सही आकार भए उक्त ओठ आदर्श मानिन्छ । माथिल्लो ओठ तल्लो ओठको अनुपातमा ७५ प्रतिशत हुनु जरुरी छ । ओठदेखि चिउँडोसम्मको आकार अंगे्रजी एसजस्तो हुनुपर्छ । ओठबीचको गहिरो ४ सेन्टिमिटर तथा आँखाको कुनाबाट सीधा तल धर्सार्े तान्दा ओठको कुनामा सीधा आइपुग्ने भयो भने त्यस्तो ओठलाई राम्रो मानिन्छ ।उन्नाइसौं शताब्दीमा सानो गुलाबको कोपिला जत्रो मुख तथा सोहीअनुरूप ओठ राम्रो मानिन्थ्यो । बीसौं शताब्दीमा ओठ पातलो र मसिनो बनाउने चलन आयो । १९५० तिर सेक्सी -उत्तेजक) तथा धनुष आकारको ओठमा रातो-चम्किलो लिपिस्टिक लगाउने चलन आयो । यो प्रथा त्यस बखत ख्यातिप्राप्त चर्चित अमेरिकी महिला मर्लिन मुनरोको थियो जुन केही वर्षसम्म धेरैले रुचाए अनि अनुकरण गरे । हिजोआज ओठमा विशेष गरी प्राकृतिक रंग, गुलाबी, हल्का चम्कने किसिमको लिपिस्टिक व्यापक प्रयोगमा आएका छन् । ओठ मानिसअनुसार बाक्लो, मोटो, मसिनो, लामो, छोटो, एक रूप नभएको, कालो, नीलो तथा रंग उडेजस्ता हुन्छन् । ओठको रंगबाट पनि व्यक्तिको उमेर तथा स्वास्थ्यका बारेमा यथेष्ट जानकारी प्राप्त गर्न सकिन्छ । जवानीमा ओठको रंग प्रायः रातो वा गुलाबी हुन्छ । उमेर ढल्कदै गएपछि ओठको रंगमा परिवर्तन आउँदै जान्छ । मांसपेशीहरू कमजोर भै झुल्ने प्रक्रिया सुरु हुन्छ । चुरोट सेवनले पनि ओठको किनारामा रगतका रेखाहरू देखापर्न थाल्छन् । ओठको आकार-प्रकार मिलाउन चिरफारका लागि दक्ष तथा अनुभवी चिकित्सक आवश्यक मानिन्छ । चिरफार गरी ओठमा परिवर्तन ल्याउन नचाहे शृंगार विधि प्रयोग गर्न सकिन्छ । ओठ चाउरिएको भए हल्का रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रक्तीय रेखाहरू भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रंगको प्रयोगले ओठमा देखिएको चाउरी कम हुन्छ । मुखको वरिपरि रक्तीय रेखा भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नु हुँदैन । उमेर, मौसम, ओठको आकार तथा आँखामा कुन प्रकारको शृंगार गरिएको छ, यी सबै कुरामा विचार पुर्याएर मात्र लिपिस्टिक प्रयोग गर्नुपर्छ । जाडो मौसममा मोस्चराइजरयुक्त तथा चम्किलो लिपिस्टिक प्रयोग गर्नुपर्छ । गर्मी मौसममा नपग्लिने किसिमको लिपिस्टिक प्रयोग गर्नुपर्छ । किशोरीहरूले धेरै रंगीन वा उज्यालो देखिने लिपिस्टिकको साटो हल्का तथा छालाको रंगसँग मिल्दो रंगको लिपिस्टिक आकर्षक देखिन्छ । वयस्क अर्थात् ३० वर्षमाथिका महिलाले उज्यालो रंगको लिपिस्टिक प्रयोग गरे निकै सुहाउँछ । सानो आकारको ओठ भए बाहिरी रेखा बढी तान्नुपर्छ । यस्तो स्थितिमा उज्यालो रंगको लिपिस्टिक लगाउन सकिन्छ । ओठको आकार तथा साइज ठूलो भए लिपिस्टिक लगाउनुअघि ओठको भित्री भागमा पेन्सिलले भित्री रेखा तानी सीमांकन गरेर मरुन, हल्का, गाढा, ब्राउन वा बैजनी रंगको लिपिस्टिक लगाए सुहाउँछ । ओठमा लिपिस्टिक लगाउनुअघि आँखामा कुन प्रकारको शृंगार गरिएको छ ध्यान पुर्याउनुपर्छ । आँखामा गाढा शृंगार छ भने हल्का रंगको लिपिस्टिक तथा हल्का शंृगार गरिएको छ भने गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
