Menu
    


.

रिया भण्डारी आजकाल सकुसल सुतेका मानिस मृत भेटिने खबर धेरै सुन्न र पढ्न पाइन्छ । आखिर के हो त यो समस्या ? चिकित्सकका अनुसार यस्तो अवस्था आउने धेरै कारण मध्ये श्वासप्रश्वास मुख्य हो । यसलाई चिकित्सकीय भाषामा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्ने गरिन्छ । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण पनि सकुसल सुतेका धेरै व्यक्ति मृत भेटिने गरेको चिकित्सकको भनाइ छ । सुतेको बेला ठूलो आवाजसहित लगातार घुर्नु, समय–समयमा श्वास रोकिएको महसुस हुनु, निन्द्रामा छटपटिनु, निस्सासिनु, श्वास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु र पटक–पटक शौचालय जानुपर्ने अवस्था आउनु पनि यसका लक्षण हुन । सुत्नेक्रममा श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने र जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँदा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात पनि हुन्सक्ने चिकित्सकहरु बताउँछन् । कस्ता मान्छेलाई हुनसक्छ ? १ मोटोपना भएका ः २ धूम्रपान र मद्यपान गर्ने ३ घाँटीको लम्बाइ छोटो भएका ४ नमिलेका दाँत र तलको चिउँडो सानो भएका ५ मुटु र किड्नीका बिरामी अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपाय १. तौल सन्तुलित राख्ने २. नियमित व्यायम गर्ने ३. सुत्ने कोठामा टिभि नराख्ने ४. सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने ५. खाना खाने बित्तिक्कै नसुत्ने ६. सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने ७. उत्तानो परेर नसुत्ने ८. देब्रे र दाहिने कोल्टे परेर सुत्ने ८. धुम्रपान र मद्यपान नगर्ने अब्स्ट्रक्टिभ स्लिप एप्निया भएनभएको पत्ता लगाउँन एप्निया हाइपोनिया इन्डेक्स– एएचआई जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा श्वासनली कति पटक कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ । उल्लेखीत समस्या भएकाहरुले समयमै एएचआई जाँच गराउँनु पर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

0 comments:

Post a Comment

 
Top