काठमाडौं, ९ पुस । जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँ युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। विमानस्थलस्थित भन्सार कार्यालयले २ किलो सुनसहित चिनियाँ युवती हुकाओ पुलाई शनिबार दिउसो पक्राउ गरेको हो। एयरचाइनाको उडानबाट नेपाल आएका उनीमाथि ह्यान्ड ब्याग चेकिङमा क्रममा सुन बरामद भएको एयरपोर्टका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। जुत्ता खोल्दा पनि पत्ता नलागोस् भनेर उनले पैतलामुनी १÷१ किलो सुनका बिस्कुट लुकाएकी थिइन् । तस्करीकै उदेश्यले उनी नेपाल आएको भन्सारको आशंका छ। दुई साताअघि पनि एक चिनियाँ महिला तीन किलो सुनसहित विमानस्थलमा पक्राउ परेकी छिन्। त्यस्तै शुक्रबार तीन नेपाली युवकलाई पनि भन्सार कार्यालयले आधा किलो सुनसहित पक्राउ गरेको छ। पछिल्लो नौ महिनामा भन्सार कार्यालयले मात्र विमानस्थलमा ४५ किलो सुन बरामद भइसकेको छ। दृष्टीन्यूजबाट
चिनियाँ युवतीको जुत्तामा एक करोडको सुन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ
you may also like
Subscribe to:
Post Comments (Atom)
Post a Comment