एउटा नयाँ शोधले नाच्ने, नाटक हेर्ने र मन लागेका पुस्तकहरु पढ्ने मानिसहरु त्यसो नगर्नेहरु भन्दा स्वस्थ र जीवनप्रति संतुष्ट भएको पाइएको छ । स्कटल्याण्डमा भएको ‘इम्प्याक्ट अफ कल्चरल इंगेजमेंट एण्ड स्पोर्टस पार्टिसिपेशन अन हेल्थ एण्ड स्याटिसफेक्शन विथ लाइफ इन स्कटल्याण्ड २०१३’ नामक यो शोधका अनुसार सांस्कृतिक कार्यहरुमा सहभागी हुने सबैलाई एक समान लाभ हुने गर्छ । यसमा उमेर, शिक्षा, आर्थिक स्थितिजस्ता सामाजिक विभाजनले कुनै फरक नपार्ने शोध रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी सहायतामा भएको यो शोधका लागि २०११ को स्कटिश हाउसहोल्ड सर्वेलाई आधार बनाइएको छ । प्रत्येक वर्ष हुने स्कटिश हाउसहोल्ड सर्वेले राष्ट्रीय र स्थानीय स्तरमा सामुदायिक संरचना, प्रवृत्ति र व्यवहारका प्रतिनिधि तथ्याङ्क उपलब्ध गराउँदछ ।
मन परेको पुस्तक पढ्दा स्वस्थ भइने
|
.
0 comments:
Post a Comment