Menu
    


.

काठमाण्डु, ७ पुस– एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच गोप्य भेटघाट भएको खुलासा भएको छ । केही दिनअघि नै भएको उक्त भेटघाटलाई एमालेले गोप्य राखेको हो । राजदूत पुरीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई गत २ पुसमा भेटेका थिए । उक्त भेटघाटबारे एमाले सचिवायलका सचिव प्रदीय ज्ञवालीले बाम गठबन्धनको पत्रकार सम्मेलनअघि ओली–राजदूनत भेट भएको जानकारी दिएका हुन् । ज्ञवालीले पुरीले नियमित भेटघाटका रुपमा आफ्ना अध्यक्ष ओलीसँग भेटेको ज्ञवालीले बताए । भेटमा राजदूत पुरीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याएकामा बधाई तथा शुभकामना दिएको उनले बताए । ‘राजदूतले बाम गठबन्धनको विजयमा शुभकामना र बधाई दिनुभएको हो’, बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भने यो नियमति भेटघाट हो ।’ भारतीय राजदूत पुरी नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न हाल दिल्लीमा छन् ।

0 comments:

Post a Comment

 
Top