काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगरेसम्म राजीनामा नदिने अडान राखिरहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष अचम्मकाे प्रस्ताव राखेका छन् । जारी राजनीतिक गतिराेध अन्त्यकाे लागि पहलकदमी लिने क्रममा देउवालार्इ विकल्पकाे बाटाे अपनाउनुपर्ने सुझाव दिन पुगेका प्रचण्डलार्इ देउवाले अचम्मकाे प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री निकट स्राेतका अनुसार देउवाले अाफूलार्इ राष्ट्रपति बनाउने कुराकाे ग्यारेन्टी गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका छन्। अाफूलार्इ राष्ट्रपति बनाउने ग्यारेण्टी भएकाे खण्डमा तत्काल पदबाट राजीनामा दिने समेत देउवाले भनेका छन् । देउवाकाे प्रस्तावमाथि प्रचण्डले कुनै जवाफ दिएकाे छैन । उनले जवाफमा व्यक्तिगतभन्दा राष्ट्रिय अावश्यकता र स्वार्थलार्इ बुझेर काम गर्नुपर्ने धारणा राखेका छन् ।
प्रचण्डसँग देउवाले भने, ‘मलार्इ राष्ट्रपति बनाइदिनुस्, तत्काल राजीनामा दिन्छु’
|
.
0 comments:
Post a Comment