धनगढी । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी आरजु राणाले कैलालीको नेर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित भइन् । स्थानीय पार्टीका केही नेता–कार्यकर्ताको असहमतिबीच राणा चुनावी मैदानमा उत्रिन । श्रीमान पार्टी सभापति तथा संसदीय दलको नेता भएका कारण अरुलाई जस्तो टिकट लिन गारो हुने कुरा भएन । विरोधका स्वरको बेवास्ता गर्दै राणाको उम्मेदवारी घोषणा भयो । पार्टीका स्थानीय नेताले विरोध समेत गरे । चुनावमा प्रचारमा खट्नु पर्ने नेताहरु नै आरजुलाई पर्यटक उम्मेदवार भन्दै उपरखुट्टी हालेर बसे । चुनावमा लगातार पर्यटकको आरोप लाग्न थालेपछि आरजुले धनगढीमा घर नै किनिन् । चुनावी माहौल राम्रो बन्दै गएको थियो । आफ्नै नेताहरुले चुनावको तीन पहिले त्यो महौललाई भताभुंग पारे । चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका कारण नेपाली काँग्रेसलाई त्यसैपनि सजिलो थिएन । त्यसमा पनि आफ्नै नेता–कार्यकर्ता पर्यटक भन्न थालेपछि आरजुलाई निकै गारो भयो । आरजुले टिकट पाएसँगै नेपाली काँग्रेसका स्थानीय नेता तथा निवर्तमान सांसद पुष्करनाथ ओझाले विरोध गर्दै आएका थिए । चुनाव प्रचारमा खट्नु छोडेर ओझ भारत गएर बसे । आरजुले जित्ने सम्भावना बढ्दै गएपछि ओझा भारत फर्केर हराउने समूहको नेतृत्व गरे । ओझाले धनगढीको विद्या होटलमा डेरा जमाए । आरजु विरोधी गतिविधि ओझाले त्यहीबाट गरे । आरजुको विरोधी काँग्रेस नेता–कार्यकर्ताको विद्या होटल सम्पर्क स्थल बन्यो । त्यहीबाट चुनाव हराउने योजना बनाइए । एमाले उम्मेदवारदेखि नेतासम्म त्यही होटलमै भेटेर योजना बनाइएको रहस्य खुलेको छ । काँग्रेसका एक स्थानीय नेताका अनुसार सोँचे जसरी आरजुका महौल बिगार्न नसकेपछि ओझाले एउटा उपाय निकाले । धनगगढीमा डोटेली बहुल्यता छ । तिनै डोटेलीलाई भड्काउने योजना बनाइयो । ‘डोटेलीको भोट चाहिदैन’ भनेर आरजुले भनेको भन्दै सबै डोटेलीको घरघरमा सन्देश पुर्याइयो । त्यो सुन्ने वितिकै रातारात डोटेली काँग्रेसीहरु देखाइ भनेर निस्किए । स्थानीय चुनावले धनगढी उपमहानगरपालिकामा काँग्रेसले जितेको थियो । अहिले एमाले र माके मिलेका कारण काँग्रेसलाई चुनौति थियो नै तर हारको मुख्य कारण आन्तरिक नै भएको खुलासा भएको छ । त्यसपनि जिम्मेवार नेता नै हराउने अभियानको नेतृत्व गरेपछि आरजुले हारिन् । राजनीतिक भाषामा अन्तरघात हारको मुख्य कारण हो । अान्तरिक अन्तरघातकै कारण एमालेका नरदमुनि रानाले विजयी भए । – अनलाइन डबलीबाट
यस्तो छ आरजुले हार्नुको खास कारण, यी हुन् भारतबाट फर्केर हराउने टीम कमाण्डर
|
.
0 comments:
Post a Comment