Menu
    


.

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । यादवले संघीय संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको मत परिणाम गर्न अप्ठेरो परेको जानकारी गराएको स्रोतले बतायो । यता पार्टीको शीर्ष बैठकमा प्रचण्डले आफू निकट नेताहरुलाई आयुक्त यादवको भनाइ सुनाइसकेका छन् । आयुक्त यादवले यसअघि पनि राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा समानुपातिकतर्फ दलहरुले पठाउनु पर्ने महिला सांसदको संख्या तोक्न नसकिने भएकाले परिणाम सार्वजनिकमा कठिनाइ रहेको बताएका थिए । वाम गठबन्धनका नेताहरु प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा आवश्यक नभएको भन्दै तत्काल परिणाम सार्वजनिक गर्नु पर्ने बताउँदै आएका छन् । एमाले नेता सुवास नेम्वाङले मतपरिणाम सार्वजनिक गर्नुपर्ने सन्देश आयोगलाई दिइसकेको बताएका छन् । वाम गठबन्धनको यो अडानका कारण आयोग अहिले दबाबमा छ।

0 comments:

Post a Comment

 
Top