बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन



बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । १. बिहानबिहानै हत्केला हेर्नुहोस बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।२. मन्दिर सफा राख्नुहोस घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ । ३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ४. गाईलाई रोटी खुवाउनुहोस् सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस । ५. सुर्यलाई जल चढाउनुहोस् सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

युवागायक तुलसी सिवाकोटीको चर्चित गीत 'गर्नुगर्यो कलियुगको इन्टरनेटले' को म्युजिक भिडियो बजारमा

युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी  सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको 'गर्नु गर्यो कलियुगको इन्टरनेटले' रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ । गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि 'नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा  लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन । युरोपका विभिन्न मुलुकहरुमा सांगितिक प्रस्तुति दिइसकेका गायक शिवाकोटीले ' गर्नुगर्यो कलियुगको इन्टरनेटले ' बोलको यस गीतमा युवाहरुको भावनालाई मिठो शैलीमा पस्कने कोशिस गरेका छन । रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम 'मुहार' मा समावेश गरिएको गीत हो । स्पेनको विल्बाओ शहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसेले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गर्नुभएको यो म्युजिक भिडियो उमारुँ क्रिय़शनको व्यानरमा निर्माण गरिएको हो ।

मन परेको पुस्तक पढ्दा स्वस्थ भइने

एउटा नयाँ शोधले नाच्ने, नाटक हेर्ने र मन लागेका पुस्तकहरु पढ्ने मानिसहरु त्यसो नगर्नेहरु भन्दा स्वस्थ र जीवनप्रति संतुष्ट भएको पाइएको छ । स्कटल्याण्डमा भएको ‘इम्प्याक्ट अफ कल्चरल इंगेजमेंट एण्ड स्पोर्टस पार्टिसिपेशन अन हेल्थ एण्ड स्याटिसफेक्शन विथ लाइफ इन स्कटल्याण्ड २०१३’ नामक यो शोधका अनुसार सांस्कृतिक कार्यहरुमा सहभागी हुने सबैलाई एक समान लाभ हुने गर्छ । यसमा उमेर, शिक्षा, आर्थिक स्थितिजस्ता सामाजिक विभाजनले कुनै फरक नपार्ने शोध रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी सहायतामा भएको यो शोधका लागि २०११ को स्कटिश हाउसहोल्ड सर्वेलाई आधार बनाइएको छ । प्रत्येक वर्ष हुने स्कटिश हाउसहोल्ड सर्वेले राष्ट्रीय र स्थानीय स्तरमा सामुदायिक संरचना, प्रवृत्ति र व्यवहारका प्रतिनिधि तथ्याङ्क उपलब्ध गराउँदछ ।

सौन्दर्यका बाह्र फर्मुला

सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः १ कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ । २ यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन । ३ यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ । ४ दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ । ५ सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम ९हाडे बदाम० को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ । ७ मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन । ८ नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ । ९ धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ । १० हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ । ११ तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ । १२ यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।

जवान बनाइराख्ने असाध्य गुनिलो औषधी - लसुन

सुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ । यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । लसुन सेवन गर्दा शरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिजतत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन सञ्जीवनी बुटीसरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशतसम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नुका मद्दत गर्छ । दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केस्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केस्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । रगतमा बोसो जम्ने रोग लागेका व्यक्तिका लागि लसुन एक किसिमको मूल्यवान चीज नै हो। किनभने धेरै मासु विशेषत: सुँगुरको मासु खान मन पराउने मानिसहरुमध्ये प्रायजसोलाई रगतमा बोसो जम्ने रोग लागेका हुन्छन्। तर मासु खानुका साथसाथै लसुन पनि खानु नै निकै राम्रो हुन्छ। लसुनले रगतमा बोसो बढी हुने कुरालाई राम्रोसँग नियन्त्रण गर्नसक्छ। साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनाशक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ । सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले शरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ । हप्तामा दुई पटक काँचो लसुनको प्रयोगले क्यान्सरबाट छुटकारा पाउन सकिने एक अनुसन्धानले देखाएको छ । चीनमा गरिएको एक अध्ययनमा लसुन खानाले ४४ प्रतिशत रोग लाग्नबाट छुटकारा पाउन सकिने तथ्य पत्ता लागेको छ । यस्तै, फोक्सोको क्यान्सरको खतरालाई पनि निकै कम गर्ने अध्ययनले देखाएको छ । नियमित रुपमा लसुनको प्रयोग गर्ने मानिसहरुमा फोक्सो क्यान्सर हुने सम्भावना निकै कम हुने र भएका मानिसहरु पनि लामो समय बाच्न सक्ने निष्कर्ष निकालिएको छ । चुरोट पिउने धेरै मानिसहरुमा गरिएको अध्ययनमा पनि फोक्सोको क्यान्सर भएका मानिसहरु करिब ५ वर्षसम्म पनि जिवित रहेको बताइएको छ । यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १४२४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनकोप्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्बावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले यी काम गर्छ या गर्दैन त्यो भने आकलन गरिएको छैन

ओठको सौन्दर्य यसरी बढाउँ

ओठ सौन्दर्य दर्साउने अङ्ग हो । यद्यपि हामी ओठलाई कम ध्यान दिन्छौं । ओठले मानिसको आकर्षण, सुन्दरता, उमेर, शरीरको स्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ठूलो-बाक्लो ओठ प्रायः अपि|mकी मूलको पहिचान हुन्छ । मंगोल जातिको ओठ प्रायः मसिनो हुन्छ । हाम्रो हँसाइमा ओठको विशेष भूमिका हुन्छ । सही ओठ भन्नु नै यसको आकार हो । माथिल्लो ओठ, तल्लो ओठ, बाक्लो-पातलो सबैको सही आकार भए उक्त ओठ आदर्श मानिन्छ । माथिल्लो ओठ तल्लो ओठको अनुपातमा ७५ प्रतिशत हुनु जरुरी छ । ओठदेखि चिउँडोसम्मको आकार अंगे्रजी एसजस्तो हुनुपर्छ । ओठबीचको गहिरो ४ सेन्टिमिटर तथा आँखाको कुनाबाट सीधा तल धर्सार्े तान्दा ओठको कुनामा सीधा आइपुग्ने भयो भने त्यस्तो ओठलाई राम्रो मानिन्छ ।उन्नाइसौं शताब्दीमा सानो गुलाबको कोपिला जत्रो मुख तथा सोहीअनुरूप ओठ राम्रो मानिन्थ्यो । बीसौं शताब्दीमा ओठ पातलो र मसिनो बनाउने चलन आयो । १९५० तिर सेक्सी -उत्तेजक) तथा धनुष आकारको ओठमा रातो-चम्किलो लिपिस्टिक लगाउने चलन आयो । यो प्रथा त्यस बखत ख्यातिप्राप्त चर्चित अमेरिकी महिला मर्लिन मुनरोको थियो जुन केही वर्षसम्म धेरैले रुचाए अनि अनुकरण गरे । हिजोआज ओठमा विशेष गरी प्राकृतिक रंग, गुलाबी, हल्का चम्कने किसिमको लिपिस्टिक व्यापक प्रयोगमा आएका छन् । ओठ मानिसअनुसार बाक्लो, मोटो, मसिनो, लामो, छोटो, एक रूप नभएको, कालो, नीलो तथा रंग उडेजस्ता हुन्छन् । ओठको रंगबाट पनि व्यक्तिको उमेर तथा स्वास्थ्यका बारेमा यथेष्ट जानकारी प्राप्त गर्न सकिन्छ । जवानीमा ओठको रंग प्रायः रातो वा गुलाबी हुन्छ । उमेर ढल्कदै गएपछि ओठको रंगमा परिवर्तन आउँदै जान्छ । मांसपेशीहरू कमजोर भै झुल्ने प्रक्रिया सुरु हुन्छ । चुरोट सेवनले पनि ओठको किनारामा रगतका रेखाहरू देखापर्न थाल्छन् । ओठको आकार-प्रकार मिलाउन चिरफारका लागि दक्ष तथा अनुभवी चिकित्सक आवश्यक मानिन्छ । चिरफार गरी ओठमा परिवर्तन ल्याउन नचाहे शृंगार विधि प्रयोग गर्न सकिन्छ । ओठ चाउरिएको भए हल्का रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रक्तीय रेखाहरू भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ । रंगको प्रयोगले ओठमा देखिएको चाउरी कम हुन्छ । मुखको वरिपरि रक्तीय रेखा भए गाढा रंगको लिपिस्टिक प्रयोग गर्नु हुँदैन । उमेर, मौसम, ओठको आकार तथा आँखामा कुन प्रकारको शृंगार गरिएको छ, यी सबै कुरामा विचार पुर्‍याएर मात्र लिपिस्टिक प्रयोग गर्नुपर्छ । जाडो मौसममा मोस्चराइजरयुक्त तथा चम्किलो लिपिस्टिक प्रयोग गर्नुपर्छ । गर्मी मौसममा नपग्लिने किसिमको लिपिस्टिक प्रयोग गर्नुपर्छ । किशोरीहरूले धेरै रंगीन वा उज्यालो देखिने लिपिस्टिकको साटो हल्का तथा छालाको रंगसँग मिल्दो रंगको लिपिस्टिक आकर्षक देखिन्छ । वयस्क अर्थात् ३० वर्षमाथिका महिलाले उज्यालो रंगको लिपिस्टिक प्रयोग गरे निकै सुहाउँछ । सानो आकारको ओठ भए बाहिरी रेखा बढी तान्नुपर्छ । यस्तो स्थितिमा उज्यालो रंगको लिपिस्टिक लगाउन सकिन्छ । ओठको आकार तथा साइज ठूलो भए लिपिस्टिक लगाउनुअघि ओठको भित्री भागमा पेन्सिलले भित्री रेखा तानी सीमांकन गरेर मरुन, हल्का, गाढा, ब्राउन वा बैजनी रंगको लिपिस्टिक लगाए सुहाउँछ । ओठमा लिपिस्टिक लगाउनुअघि आँखामा कुन प्रकारको शृंगार गरिएको छ ध्यान पुर्‍याउनुपर्छ । आँखामा गाढा शृंगार छ भने हल्का रंगको लिपिस्टिक तथा हल्का शंृगार गरिएको छ भने गाढा रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।

© स्वदेश अनलाइन . Design by Fearne