काठमाडौं, ६ पुस । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले नवनिर्वाचित सांसद नवराज सिलवाललाई गैरकानुनी तरिकाले पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । सर्वोच्च अदालतले नेपाल प्रहरीको २५ औ आईजीपी नियुक्तिका क्रममा पेश गरिएका केही कागजातहरु किर्ते भएको फैसाला सुनाएपछि त्यसलाई आधार बनाएर रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिएका हुन । प्रहरी उच्च स्रोतका अनुसार “किर्ते काण्डमा भोलिका दिनमा न्यायिक छानविन भएको खण्डमा आफैँ फस्ने सम्भावना बढेपछि हतासमा जबरजस्ती सिलवाललाई फसाएर रेग्मी लगायतको एक समुह उम्कन खोज्दै छ ।” नेपाल प्रहरीका पूर्ब आईजी उपेन्द्रकान्त अर्याल, पूर्व न्यायधिवक्ता रमण श्रेष्ठ र मुख्य सचिव रेग्मी सिलवाललाई जसरी भएपनि पक्राउ गरी मुद्दा दायर गर्न रणनीतिमा लागेका छन् । सर्वोच्चले आईजी पक्ररणमा मुद्दाको फैसाला गर्दै अदालतमा पेश हुन आएको किर्ते कागजातको बिषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो । तर मुख्य सचिव रेग्मी, श्रेष्ठ र अर्याल दोष जती सिलवालको टाउकोमा थोपरी आफू उक्त किर्ते काण्डबाट जोगिने उपायमा छन् । किर्ते भनिएको कार्यसम्पादन मूल्याङकन फाईल तत्कालिन आईजी आर्याल, तत्कालिन एआईजी वीरेन्द्रबाबु श्रेष्ठ र तत्कालिन कर्मचारी प्रशासनका प्रमुख विश्वराज पोखरेलको जिम्मेवारी भित्र पर्छ । तर ति कागजातहरु कसरी बाहिरे भन्ने कुराको अनुसन्धान नै नगरी सिलवाललाई आरोप लगाउँदै मुख्य सचिव रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिन थालेका छन् । रेग्मीले बुधबार र बिहीबार आईजी पकाश अर्याल र काठमाडौं परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकलाई सिलवाललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन दबाब दिएको स्रोतको दाबी छ । यो पक्ररण सुरु हुँदा मुख्य सचिव रेग्मी नै गृह सचिव थिए । नेपाली काँँग्रेस सभापती तथा प्रधानमन्त्री शेरबाहादुर देउवाको आदेशमा रेग्मीको योजनामा अर्याललाई आईजी बनाउन कासमू किर्ते गरी सिलवालको भन्दा बढी नम्बर दिएर नक्कली खडा गरिएको थियो । उक्त घटना गम्भीर प्रकृतिको भएकाले संसदिय समितिबाट छानविन हुनु पर्ने कानुन व्यवसायीहरुले आवाज उठाएका छन् । अनुसन्धानको दायरामा मुख्य सचिव मात्र होईन सर्वोच्च अदालतकै न्यायधिश समेत तानिने हुँदा संसदीय छानविन आवश्यक रहेको अधिवक्ता टिकाराम भट्टराईले बताए । ८ चैतमा सर्वोच्च अदालतले गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलबाट झिकाईएको कार्यसम्पादन मूल्याङकको आधारमा सिलवालको बढी नम्बर देखाँउदै उनलाई आईजी बनाउन सरकारको नाममा प्रमादेश जारी गरेको थियो । तर सरकारले प्रहरी नियमावलीअनुसार ३ बर्षको नम्बरका आधारमा रातारात डीआइजी सिलवालको २ नम्बर घटाइ प्रकाश अर्यालको बढी देखाएर उनलाई आइजीपी बनाएको थियो तत्कालिन मन्त्रिपरिषद्ले त्यसताकाका महान्यायधिवक्ता श्रेष्ठको संयोजकत्वमा चैत्र २८ गते हालका मुख्य सचिव तथा तत्कालिन गृहसचिव रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो । सचिव रेग्मी, पूर्वआइजीपी अर्याल, मानवस्रोत विभागका पूर्वएआइजी श्रेष्ठ, प्रहरीको कर्मचारी प्रशासन शाखाका तत्कालिन एसपी विश्वराज पोखरेलले कीर्ते गरी सिलवालको २ नम्बर घटी बनाएर अर्याललाई आइजीपी बनाउने भूमिका खेलेको स्रोतको दाबी छ । सरकारी छाप दस्तखत कीर्तेमा अर्याल, श्रेष्ठ, पोखरेल, रेग्मी, श्रेष्ठ फस्ने भएपछि प्रधान न्यायधिश कार्कीमाथी महाअभियोग लगाउने रणनीति बनेको स्रोत बताउँछ । स्रोतका अनुसार उक्त काण्ड निश्पक्ष छानविन भए तत्कालिन सरकारको नैतिकतामा समेत प्रश्न चिन्ह खडा हुन्छ ।

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । १. बिहानबिहानै हत्केला हेर्नुहोस बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।२. मन्दिर सफा राख्नुहोस घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ । ३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ४. गाईलाई रोटी खुवाउनुहोस् सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस । ५. सुर्यलाई जल चढाउनुहोस् सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ
युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको 'गर्नु गर्यो कलियुगको इन्टरनेटले' रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ । गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि 'नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन । युरोपका विभिन्न मुलुकहरुमा सांगितिक प्रस्तुति दिइसकेका गायक शिवाकोटीले ' गर्नुगर्यो कलियुगको इन्टरनेटले ' बोलको यस गीतमा युवाहरुको भावनालाई मिठो शैलीमा पस्कने कोशिस गरेका छन । रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम 'मुहार' मा समावेश गरिएको गीत हो । स्पेनको विल्बाओ शहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसेले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गर्नुभएको यो म्युजिक भिडियो उमारुँ क्रिय़शनको व्यानरमा निर्माण गरिएको हो ।
एउटा नयाँ शोधले नाच्ने, नाटक हेर्ने र मन लागेका पुस्तकहरु पढ्ने मानिसहरु त्यसो नगर्नेहरु भन्दा स्वस्थ र जीवनप्रति संतुष्ट भएको पाइएको छ । स्कटल्याण्डमा भएको ‘इम्प्याक्ट अफ कल्चरल इंगेजमेंट एण्ड स्पोर्टस पार्टिसिपेशन अन हेल्थ एण्ड स्याटिसफेक्शन विथ लाइफ इन स्कटल्याण्ड २०१३’ नामक यो शोधका अनुसार सांस्कृतिक कार्यहरुमा सहभागी हुने सबैलाई एक समान लाभ हुने गर्छ । यसमा उमेर, शिक्षा, आर्थिक स्थितिजस्ता सामाजिक विभाजनले कुनै फरक नपार्ने शोध रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी सहायतामा भएको यो शोधका लागि २०११ को स्कटिश हाउसहोल्ड सर्वेलाई आधार बनाइएको छ । प्रत्येक वर्ष हुने स्कटिश हाउसहोल्ड सर्वेले राष्ट्रीय र स्थानीय स्तरमा सामुदायिक संरचना, प्रवृत्ति र व्यवहारका प्रतिनिधि तथ्याङ्क उपलब्ध गराउँदछ ।
सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः १ कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ । २ यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन । ३ यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ । ४ दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ । ५ सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम ९हाडे बदाम० को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ । ७ मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन । ८ नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ । ९ धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ । १० हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ । ११ तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ । १२ यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।
सुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ । यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । लसुन सेवन गर्दा शरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिजतत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन सञ्जीवनी बुटीसरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशतसम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नुका मद्दत गर्छ । दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केस्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केस्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । रगतमा बोसो जम्ने रोग लागेका व्यक्तिका लागि लसुन एक किसिमको मूल्यवान चीज नै हो। किनभने धेरै मासु विशेषत: सुँगुरको मासु खान मन पराउने मानिसहरुमध्ये प्रायजसोलाई रगतमा बोसो जम्ने रोग लागेका हुन्छन्। तर मासु खानुका साथसाथै लसुन पनि खानु नै निकै राम्रो हुन्छ। लसुनले रगतमा बोसो बढी हुने कुरालाई राम्रोसँग नियन्त्रण गर्नसक्छ। साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनाशक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ । सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले शरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ । हप्तामा दुई पटक काँचो लसुनको प्रयोगले क्यान्सरबाट छुटकारा पाउन सकिने एक अनुसन्धानले देखाएको छ । चीनमा गरिएको एक अध्ययनमा लसुन खानाले ४४ प्रतिशत रोग लाग्नबाट छुटकारा पाउन सकिने तथ्य पत्ता लागेको छ । यस्तै, फोक्सोको क्यान्सरको खतरालाई पनि निकै कम गर्ने अध्ययनले देखाएको छ । नियमित रुपमा लसुनको प्रयोग गर्ने मानिसहरुमा फोक्सो क्यान्सर हुने सम्भावना निकै कम हुने र भएका मानिसहरु पनि लामो समय बाच्न सक्ने निष्कर्ष निकालिएको छ । चुरोट पिउने धेरै मानिसहरुमा गरिएको अध्ययनमा पनि फोक्सोको क्यान्सर भएका मानिसहरु करिब ५ वर्षसम्म पनि जिवित रहेको बताइएको छ । यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १४२४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनकोप्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्बावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले यी काम गर्छ या गर्दैन त्यो भने आकलन गरिएको छैन


