नेपालले जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विरुद्ध भोट हालेपछि अमेरिकाले दिने ५२ अर्ब गुम्न सक्ने

काठमाडौं, ७ पुस । अमेरिकाले विभिन्न शीर्षकमा नेपाललाई दिन लागेको आर्थिक सहयोग गुम्न सक्ने खतरा बढेको छ । अमेरिकाले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिएकोमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले विरोध जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभाले ठूलो बहुमतबाट जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ । नेपालले अमेरिकाको विपक्षमा भोट हालेको थियो । १२८ मुलुकले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने नौवटा मुलुकले मात्रै विपक्षमा मत हाले । ३५ वटा मुलुक मतदानमा अनुपस्थित रहेका थिए । आफ्नो देशको निर्णयको विरोध गर्ने १२८ मुलुकलाई दिएको आर्थिक सहायता बन्द गर्ने चेतावनी अमेरिकाले दिइसकेको छ । जसका कारण नेपाललाई हालसम्मकै सबैभन्दा धेरै अमेरिकी सहयोग ५० मिलियन डलर (५२ अर्ब) प्राप्त भइसकेको रोकिन सक्ने सम्भावना छ । नेपाल र अमेरिकाबीच अहिलेसम्मकै ठूलो अनुदान सहयोगमा हस्ताक्षर भएको छ । अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले ५० करोड डलरको अनुदान सहयोग प्राप्त गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच दुई महिनाअघि सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपालले यो अनुदान सहयोगअन्तर्गत अमेरिकी सरकारबाट ५० करोड डलर र आफ्नो समकारक कोष (काउन्टरपार्ट फन्ड) १३ करोड डलर गरी ६३ करोड डलर विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि खर्च गर्नेछ । अमेरिकी सहयोग अन्तर्गत चार सय केभी क्षमताका ३०० किमी प्रसारण लाइन र ३०५ किमी सडक मर्मत तथा विस्तार गर्नेछ । सहयोगअन्तर्गत, लप्सीफेदीदेखि दमौली, गल्छी (धादिङ) देखि हेटौडा र दमौलीदेखि भारतीय सीमा सुनवलसम्म प्रसारण लाइन निर्माण गरिनेछ भने गल्छी, दमौली र सुनवलमा ४०० केभी क्षमताका तीनओटा प्रसारणलाइन निर्माण हुनेछ । त्यस्तै, सडक परियोजन अन्तर्गत मेची राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, त्रिभुवन राजपथको भैंसे—हेटौंडा सडक खण्ड, त्यस्तै भैंसे—भीमफेदी र दाङको अमेलिया—तुलसीपुर सडक खण्ड मर्मत र स्तरोन्नति हुनेछ । सन् २०११ म मिल्लेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको नेपालले यसका शर्तहरू पालना गर्दै कम्प्याक्ट फन्डिङ कार्यक्रममा सन् २०१४ मा छनोट भएको थियो । नेपालले परियोजना कार्यान्वयन सुरु गरेको पाँच वर्षभित्र अमेरिकी सहयोगअन्तर्गतका परियोजनाहरु सम्पन्न गरिसक्नुपर्छ । परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण, पुनर्वास तथा प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्रमा राइट अफ वे भने नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । तर, बिहीबार अमेरिकाविरुद्ध नेपालको राष्ट्रसंघमा मतदानपछि यी सबै आर्थिक सहयोग प्रभावित हुने भन्दै सर्वत्र चासो र चिन्ता सुरु भएको छ ।

चुनावपछि पहिलोचोटि भेट्दा देउवालाई ओलीको व्यङ्ग्य

७ पुस, काठमाडौं । ‘कामचलाउ सरकार’का प्रधानमन्त्री शेरबहादुर देउवा र ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । तर, चुनावपछि भएको यो पहिलो भेट सौहार्दपूर्ण हुन सकेन । चुनावपछि देउवा र ओलीबीच भेट मात्रै होइन, टेलिफोन वार्ता समेत हुन सकेको थिएन । झापा र डडेलधुराबाट चुनाव जितेका ओली र देउवाले एकअर्कावीच बधाइसमेत साटासाट गरेका थिएनन् । दुबै नेताले चुनाव अघिदेखि नै एकअर्काप्रति आक्रामक आभिव्यक्ति दिँदै आएका थिए । प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि कांग्रेस सभापति देउवा केही रक्षात्मक बने । तर, एमाले अध्यक्ष ओली भने देउवाप्रति झन आक्रामक बने । यस्तै तिक्ततापूर्ण परिवेशमा शुक्रबार देउवा र ओलीको भेटघाट भयो । यो भेट पाँच दलको बैठकले जुरेको हो । देउवाले प्रधानमन्त्री निवास बालुवाटार आउन दिएको निम्तो ओलीले स्वीकार गरे । राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन देउवाले पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । एमाले अध्यक्ष ओली केही ढिलो गरी बालुवाटार पुगे । ओलीका लागि देउवाकै छेउमा कुर्सी थियो । त्यहाँ बस्नुअघि देउवासँग उनले हात मिलाए । सहभागी एक नेताका अनुसार दुई नेताबीच बैठकका क्रममा सौहार्दपूर्ण कुराकानी हुन सकेन । बैठकमा उपस्थित कांग्रेसका एक नेता भन्छन्, ‘चुनावपछि यो पहिलो सर्वदलीय बैठक थियो । तर, बैठकमा ओली र देउवाको सम्वाद न सौहादपूर्ण रहृयो, न तनावपूर्ण नै रहृयो ।’ एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि जनमत वाम गठबन्धनको पक्षमा आउँदा पनि सत्ता छाड्न नचाहेको आरोप लगाए । ‘ओलीजीले वाम गठबन्धनले जित्यो भने सरकार छाड्नुपर्दैन, ५ वर्ष चलाइराख्छौं भन्ने पनि थपौं भन्नुभयो’ एक नेताले अनलाइनखबरसँग भने- ‘देउवाजीले मैले कहाँ छाडि्दँन भनेको छु भन्नुभयो ।’ अध्यादेशमा सहमति जुटाउन देउवाले बोलाएको यो बैठक विनासहमति टुंगिएको थियो । बैठकमा कांग्रेस र एमालेले आ-आफ्ना अडान यथावत राखेपछि सहमति नजुटेको हो ।

गठबन्धनको पत्रकार सम्मेलनअघि ओलीले भारतीय राजदूतसँग गोप्य भेट गरेको खुलासा

काठमाण्डु, ७ पुस– एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच गोप्य भेटघाट भएको खुलासा भएको छ । केही दिनअघि नै भएको उक्त भेटघाटलाई एमालेले गोप्य राखेको हो । राजदूत पुरीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई गत २ पुसमा भेटेका थिए । उक्त भेटघाटबारे एमाले सचिवायलका सचिव प्रदीय ज्ञवालीले बाम गठबन्धनको पत्रकार सम्मेलनअघि ओली–राजदूनत भेट भएको जानकारी दिएका हुन् । ज्ञवालीले पुरीले नियमित भेटघाटका रुपमा आफ्ना अध्यक्ष ओलीसँग भेटेको ज्ञवालीले बताए । भेटमा राजदूत पुरीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याएकामा बधाई तथा शुभकामना दिएको उनले बताए । ‘राजदूतले बाम गठबन्धनको विजयमा शुभकामना र बधाई दिनुभएको हो’, बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भने यो नियमति भेटघाट हो ।’ भारतीय राजदूत पुरी नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न हाल दिल्लीमा छन् ।

प्रचण्डद्वारा भारतको अफर अस्वीकार, के भनेको रहेछ भारतले ?

प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले काठमाण्डुटुडेलाई जानकारी दिए । ती नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका थिए । उनले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ उनको थियो । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘अबको प्रधानमन्त्री तपाईं बन्नुस् । म तपाईंका लागि बालुवाटार खाली गर्न तयार छु’, देउवाले भनेका थिए । जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए सामाजिक सदभाव कमजोर हुने र राष्ट्रलाई एकताबद्ध गर्न नसकिने तर्क गरेका थिए । प्रचण्ड प्रधानमन्त्री भए सबैलाई मिलाएर जान सक्ने खुबी भएकाले मुलुक अप्ठेरोमा नपर्ने उनको भनाइ थियो । देउवा सरकारका मन्त्रीसमेत रहेका देउवानिकट काँग्रेस नेता महेन्द्र यादवले शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा अबको प्रधानमन्त्री प्रचण्डलाई बनाउन काँग्रेस तयार रहेको बताइसेकका थिए ।

आफू जोगिन सिलवाललाई फसाउँदै मुख्य सचिव रेग्मी, यसरी रचियो षडयन्त्रको जाल

काठमाडौं, ६ पुस । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले नवनिर्वाचित सांसद नवराज सिलवाललाई गैरकानुनी तरिकाले पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । सर्वोच्च अदालतले नेपाल प्रहरीको २५ औ आईजीपी नियुक्तिका क्रममा पेश गरिएका केही कागजातहरु किर्ते भएको फैसाला सुनाएपछि त्यसलाई आधार बनाएर रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिएका हुन । प्रहरी उच्च स्रोतका अनुसार “किर्ते काण्डमा भोलिका दिनमा न्यायिक छानविन भएको खण्डमा आफैँ फस्ने सम्भावना बढेपछि हतासमा जबरजस्ती सिलवाललाई फसाएर रेग्मी लगायतको एक समुह उम्कन खोज्दै छ ।” नेपाल प्रहरीका पूर्ब आईजी उपेन्द्रकान्त अर्याल, पूर्व न्यायधिवक्ता रमण श्रेष्ठ र मुख्य सचिव रेग्मी सिलवाललाई जसरी भएपनि पक्राउ गरी मुद्दा दायर गर्न रणनीतिमा लागेका छन् । सर्वोच्चले आईजी पक्ररणमा मुद्दाको फैसाला गर्दै अदालतमा पेश हुन आएको किर्ते कागजातको बिषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो । तर मुख्य सचिव रेग्मी, श्रेष्ठ र अर्याल दोष जती सिलवालको टाउकोमा थोपरी आफू उक्त किर्ते काण्डबाट जोगिने उपायमा छन् । किर्ते भनिएको कार्यसम्पादन मूल्याङकन फाईल तत्कालिन आईजी आर्याल, तत्कालिन एआईजी वीरेन्द्रबाबु श्रेष्ठ र तत्कालिन कर्मचारी प्रशासनका प्रमुख विश्वराज पोखरेलको जिम्मेवारी भित्र पर्छ । तर ति कागजातहरु कसरी बाहिरे भन्ने कुराको अनुसन्धान नै नगरी सिलवाललाई आरोप लगाउँदै मुख्य सचिव रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिन थालेका छन् । रेग्मीले बुधबार र बिहीबार आईजी पकाश अर्याल र काठमाडौं परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकलाई सिलवाललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन दबाब दिएको स्रोतको दाबी छ । यो पक्ररण सुरु हुँदा मुख्य सचिव रेग्मी नै गृह सचिव थिए । नेपाली काँँग्रेस सभापती तथा प्रधानमन्त्री शेरबाहादुर देउवाको आदेशमा रेग्मीको योजनामा अर्याललाई आईजी बनाउन कासमू किर्ते गरी सिलवालको भन्दा बढी नम्बर दिएर नक्कली खडा गरिएको थियो । उक्त घटना गम्भीर प्रकृतिको भएकाले संसदिय समितिबाट छानविन हुनु पर्ने कानुन व्यवसायीहरुले आवाज उठाएका छन् । अनुसन्धानको दायरामा मुख्य सचिव मात्र होईन सर्वोच्च अदालतकै न्यायधिश समेत तानिने हुँदा संसदीय छानविन आवश्यक रहेको अधिवक्ता टिकाराम भट्टराईले बताए । ८ चैतमा सर्वोच्च अदालतले गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलबाट झिकाईएको कार्यसम्पादन मूल्याङकको आधारमा सिलवालको बढी नम्बर देखाँउदै उनलाई आईजी बनाउन सरकारको नाममा प्रमादेश जारी गरेको थियो । तर सरकारले प्रहरी नियमावलीअनुसार ३ बर्षको नम्बरका आधारमा रातारात डीआइजी सिलवालको २ नम्बर घटाइ प्रकाश अर्यालको बढी देखाएर उनलाई आइजीपी बनाएको थियो तत्कालिन मन्त्रिपरिषद्ले त्यसताकाका महान्यायधिवक्ता श्रेष्ठको संयोजकत्वमा चैत्र २८ गते हालका मुख्य सचिव तथा तत्कालिन गृहसचिव रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो । सचिव रेग्मी, पूर्वआइजीपी अर्याल, मानवस्रोत विभागका पूर्वएआइजी श्रेष्ठ, प्रहरीको कर्मचारी प्रशासन शाखाका तत्कालिन एसपी विश्वराज पोखरेलले कीर्ते गरी सिलवालको २ नम्बर घटी बनाएर अर्याललाई आइजीपी बनाउने भूमिका खेलेको स्रोतको दाबी छ । सरकारी छाप दस्तखत कीर्तेमा अर्याल, श्रेष्ठ, पोखरेल, रेग्मी, श्रेष्ठ फस्ने भएपछि प्रधान न्यायधिश कार्कीमाथी महाअभियोग लगाउने रणनीति बनेको स्रोत बताउँछ । स्रोतका अनुसार उक्त काण्ड निश्पक्ष छानविन भए तत्कालिन सरकारको नैतिकतामा समेत प्रश्न चिन्ह खडा हुन्छ ।

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन



बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । १. बिहानबिहानै हत्केला हेर्नुहोस बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।२. मन्दिर सफा राख्नुहोस घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ । ३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ४. गाईलाई रोटी खुवाउनुहोस् सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस । ५. सुर्यलाई जल चढाउनुहोस् सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

© स्वदेश अनलाइन . Design by Fearne