यी ४ राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन्

धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् । २. वृश्चिक वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ । ३. कर्कट कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् । ४. सिंह सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

गाउँपालिका वडाध्यक्षकै चारवटा कोठी ‘यौनगृह’ भेटियपछि

काठमाडौं । गाउँपालिका वडाध्यक्षले नै भारतका विभिन्न ठाँउमा चारवटा कोठी ‘यौनगृह’ संचालन गर्दै आएको छ । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका छन्। तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ुसिआईबीुले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीका अनुसार तामाङले भारतका नयाँदिल्ल कोलकाता र मुम्बाई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।

केपी ओली पक्षमा ५२, माधव नेपालसँग २६ मात्रै (सूचीसहित)

९ पुस, काठमाडौं । वाम गठवन्धनको आडमा निर्वाचन क्षेत्र बाँडफाँडदेखि टिकट वितरणसम्म संस्थापन पक्षले पेलेको भन्ने माधव नेपाल पक्षको गुनासो नेकपा एमालेभित्र अहिले पनि सेलाएको छैन । गणितका आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभा सभामा एमालेबाट प्रत्यक्ष जितेका ८० सांसदमध्ये ओली पक्षको भन्दा ठीक आधा संख्यामा मात्रै माधव नेपाल पक्षका सांसदहरुले जितेका छन् । सूर्यचिन्ह लिएर जितेका तर एमाले प्रवेश गरिनसकेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताबाहेक अरु ७८ सांसद कुनै न कुनै रुपमा पार्टीभित्रका दुई प्रभावशाली गुटमा विभक्त भएका छन् । यतिसम्म कि चुनावको मुखैमा एमाले प्रवेश गरेर सांसद बनेका ललितपुरका नवराज सिलवाल र मुस्ताङका प्रेम तुलाचनलाई पनि नेताहरुले कित्ताकाट गरिसकेका छन् । एमालेभित्र पछिल्लो समय कतिपय नेताहरु नवौं महाधिवेशनको पक्षधरताका आधारमा प्राविधिक रुपमा एउटा गुटमा रहे पनि कोही गुट निरपेक्ष र कोही गुट परिवर्तनको सँघारमा छन् । केन्द्र र प्रदेश सरकार गठनका क्रममा हिजो एउटा गुटमा रहेका नेताहरु अर्को गुटमा पुगेर मन्त्री बने भने अब आश्चर्य हुनेछैन । अनलाइनखबरले एमालेबाट निर्वाचित ८० जना प्रतिनिधिसभा सदस्यहरुको पार्टीभित्रको समीकरण बुझ्दा संस्थापन पक्षमा ५२ जना देखिएका छन् भने माधव नेपाल/झलनाथ खनाल समूहमा २६ जना मात्रै देखिएका छन् । संस्थापन पक्षभित्र केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेलको समूह पर्छ । प्रदेशगतरुपमा निर्वाचित सांसदहरुमध्ये २ नम्बर र ४ नम्बर प्रदेशबाट माधव नेपाल पक्षका एकजना पनि छैनन् । ४ नम्बर प्रदेशमा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सबै उम्मेदवार बिजयी भएका थिए, उनीहरु सबै ओली पक्षका छन् । प्रतिनिधिसभामा निर्वाचित भएर आएका सांसदहरुको संख्याका आधारमा संसदीय दलको नेतामा केपी ओलीलाई चुनौति दिने अवस्था माधव नेपाल पक्षको देखिँदैन । प्रतिनिधिसभामा नेपाल पक्षभन्दा दोब्बर सांसद ओलीको पक्षमा छन् । अब समानुपातिकबाट आउनेहरुको अनुपात पनि यस्तै हुने अनुमान गर्न सकिन्छ । एमालेभित्रको समीकरण र नेताहरुसँगको निकटताका आधारमा प्रत्यक्ष निर्वाचित भएका सांसद को कुन गुटमा छन् त ? हेरौं सूची- केपी ओली पक्ष (५२ सांसद) प्रदेश १ १- बसन्त नेम्वाङ, पाँचथर २- सुवास नेम्वाङ, इलाम २ ३- पवित्रा खरेल, झापा २ ४- एलपी साँवा लिम्बु, झापा ४ ५- केपी शर्मा ओली, झापा ५ ६-राजेन्द्र गौतम, संखुवासभा ७- भवानी खापुङ, तेह्रथुम ८- राजेन्द्र राई, धनकुटा ९- घनश्याम खतिवडा, मोरङ १ १०-भानुभक्त ढकाल, मोरङ ३ ११- विशाल भट्टराई, खोटाङ प्रदेश २ १२- लीलानाथ श्रेष्ठ, सिरहा ३ १३- रघुवीर महासेठ, धनुषा ४ प्रदेश ३ १४-पार्वत गुरुङ, दोलखा १५- गोकुल बास्कोटा, काभ्रे २ १६- भूमि त्रिपाठी, धादिङ १ १७- खेम लोहनी, धादिङ २ १८- कृष्णप्रसाद दाहाल, मकवानपुर १ १९- कृष्ण राई, काठमाडौं ३ २०- ईश्वर पोखरेल, काठमाडौं ५ २१- रामवीर मानन्धर, काठमाडौं ७ २२- कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९ २३- नवराज सिलवाल, ललितपुर १ २४- महेश बस्नेत, भक्तपुर २ प्रदेश ४ २५- कृष्णकुमार श्रेष्ठ, तनहुँ १ २६- केदार सिग्देल, तनहुँ २ २७- खगराज अधिकारी, कास्की १ २८ रविन्द्र अधिकारी, कास्की २ २९- जगत विश्वकर्मा, कास्की ३ ३०- नारायण मरासिनी, स्याङ्जा १ ३१- पद्माकुमारी अर्याल, स्याङ्जा २ ३२- पदम गिरी, पर्वत ३३- डा.सूर्य पाठक, बागलुङ १ ३४- भूपेन्द्रबहादुर थापा, म्याग्दी ३५- पोल्देन छोपाङ गुरुङ, मनाङ ३६- प्रेम तुलाचन, मुस्ताङ ३७- तिलक महत, नवलपुर २ प्रदेश ५ ३८- छविलाल विश्वकर्मा, रुपन्देही १ ३९- बिष्णु पौडेल, रुपन्देही २ ४०- दलबहादुर राना, पाल्पा १ ४१- प्रदीप ज्ञवाली, गुल्मी १ ४२- नन्दलाल रोकाय, बाँके ३ प्रदेश ६ ४३- रविन्द्रराज शर्मा, दैलेख १ ४४- नवराज रावत, सुर्खेत २ ४५- धनवहादुर बुढा, डोल्पा प्रदेश ७ ४६- झपट रावल, कैलाली २ ४७- नारदमुनी राना, कैलाली ५ ४८- नरवहादुर धामी, कञ्चनपुर २ ४९- दामोदर भण्डारी, बैतडी ५०- गणेशसिंह ठगुन्ना, दार्चुला ५१- भैरवबहादुर सिंह, बझाङ ५२- लालबहादुर थापा, बाजुरा माधव नेपाल पक्ष (२६ सांसद) प्रदेश १ १- योगेश भट्टराई, ताप्लेजुङ २- झलनाथ खनाल, इलाम १ ३- लालबाबु पण्डित, मोरङ ६ ४- जयकुमार राई, सुनसरी १ ५- यज्ञराज सुनुवार, ओखलढुंगा प्रदेश ३ ६- गणेश पहाडी, सिन्धुली १ ७- शेरबहादुर तामाङ, सिन्धुपाल्चोक २ ८- नारायण खतिवडा, नुवाकोट १ ९- बिरोध खतिवडा, मकवानपुर २ १० माधवकुमार नेपाल, काठमाडौं २ ११- जीवनराम श्रेष्ठ, काठमाडौं ९ १२- कृष्णलाल महर्जन, ललितपुर २ १३- सुरेन्द्र पाण्डे, चितवन १ १४- कृष्णभक्त पोखरेल, चितवन २ प्रदेश ५ १५- घनश्याम भुसाल, रुपन्देही ३ १६- सोमप्रसाद पाण्डे, पाल्पा २ १७- गोकर्ण विष्ट, गुल्मी २ १८- मेटमणि चौधरी, दाङ १ १९- हिराचन्द्र केसी, दाङ ३ प्रदेश ६ २०- धु्रवकुमार शाही, सुर्खेत १ २१- गोपाल बम, मुगु २२- राजवहादुर बुढा, दैलेख २ प्रदेश ७ २३- दीपक प्रकाश भट्ट, कञ्चनपुर ३ २४- प्रेम आले, डोटी २५- भीमवहादुर रावल, अछाम १ २६- यज्ञवहादुर बोगटी, अछाम २ स्वतन्त्र १- हृदयेश त्रिपाठी, नवलपरासी १ २- बृजेशकुमार गुप्ता, कपिलबस्तु २

सकुसल सुतेको मान्छे बिहान मृत भेटिने समस्या के हो ?

रिया भण्डारी आजकाल सकुसल सुतेका मानिस मृत भेटिने खबर धेरै सुन्न र पढ्न पाइन्छ । आखिर के हो त यो समस्या ? चिकित्सकका अनुसार यस्तो अवस्था आउने धेरै कारण मध्ये श्वासप्रश्वास मुख्य हो । यसलाई चिकित्सकीय भाषामा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्ने गरिन्छ । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण पनि सकुसल सुतेका धेरै व्यक्ति मृत भेटिने गरेको चिकित्सकको भनाइ छ । सुतेको बेला ठूलो आवाजसहित लगातार घुर्नु, समय–समयमा श्वास रोकिएको महसुस हुनु, निन्द्रामा छटपटिनु, निस्सासिनु, श्वास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु र पटक–पटक शौचालय जानुपर्ने अवस्था आउनु पनि यसका लक्षण हुन । सुत्नेक्रममा श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने र जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँदा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात पनि हुन्सक्ने चिकित्सकहरु बताउँछन् । कस्ता मान्छेलाई हुनसक्छ ? १ मोटोपना भएका ः २ धूम्रपान र मद्यपान गर्ने ३ घाँटीको लम्बाइ छोटो भएका ४ नमिलेका दाँत र तलको चिउँडो सानो भएका ५ मुटु र किड्नीका बिरामी अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपाय १. तौल सन्तुलित राख्ने २. नियमित व्यायम गर्ने ३. सुत्ने कोठामा टिभि नराख्ने ४. सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने ५. खाना खाने बित्तिक्कै नसुत्ने ६. सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने ७. उत्तानो परेर नसुत्ने ८. देब्रे र दाहिने कोल्टे परेर सुत्ने ८. धुम्रपान र मद्यपान नगर्ने अब्स्ट्रक्टिभ स्लिप एप्निया भएनभएको पत्ता लगाउँन एप्निया हाइपोनिया इन्डेक्स– एएचआई जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा श्वासनली कति पटक कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ । उल्लेखीत समस्या भएकाहरुले समयमै एएचआई जाँच गराउँनु पर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

प्रेममा परेका देबर भाउजुको यसरी अन्त्य भयो प्रेम कहानी

विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका देवर भाउजुले समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका छन् । उनीहरुले गाउँमै रहेको इनारमा हाम्फालेर आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् । भारतको बिहारको जमुइ जिल्लाका उनीहरु प्रेममा भएको कुरा घरमा थाहा भएको थियो । घरमा उनीहरु दुईबीचको प्रेमको विरोध भएपछि उनीहरुले सँगसँगै आत्महत्या गर्ने निर्णय गरेको अनुमान गरिएको छ । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको अुनसक्ने बताइएको छ । शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन । शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे । त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो । मृतकहरु सोखो गाउँ निवासी चंदन कुमार दास र उनकी भाउजु विन्दु देवी रहेको बताइएको छ । मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।

कृष्णप्रसाद सिटौलाले गरेको काम देखेर गगन सहित दङ्ग परे

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला अन्ततः पार्टी सभापति शेरबहादुर देउवाको क्याम्पमा विशेष महत्वकांक्षासहित भित्रिएका छन् । हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय व्यहोरेपछि पार्टीभित्र उनी निकट युवा नेता गगन थापाको नेतृत्वमा सभापति देउवाको विकल्प खोज्ने आन्तरिक तयारी गरिरहेको बेला सिटौलाले सबैलार्ई चकित तुल्याउनेगरि गगनलाई थाहै नदिई देउवासँग नजिकिएको स्रोतको दाबी छ । देउवा क्याम्पका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिले पनि चुनाव हारेपछि सिटौला देउवासँग नजिएका हुन् । पछिल्लो समय देउवा र निधिवीच सौहार्दपूर्ण वातावरणमा कुराकानी समेत भएको छैन । खासगरी आईजीपी प्रकरणमा देउवाले आफूलाई हस्तक्षेप गरेको भन्दै उनले गृहमन्त्रीबाट समेत राजिनामा दिएर देउवासँगको विवादलाई सतहमा ल्याएका थिए । पछि, देउवा र निधिवीच वान टु वान भेटवार्ता भएपछि उक्त विवाद साम्य भएको थियो । तर चिसिएको सम्बन्ध कसरी क्षणभरमै न्यानो हुन्थ्यो र ? अहिले निधि र श्रेष्ठ दुवै नेता देउवाबाट टाढा रहेको मौका छोपेर सिटौला देउवासँग नजिएका हुन् । स्रोतका अनुसार सिटौलाले देउवालाई अहिले खुलेरै सहयोग गर्ने र देउवापछि पार्टीको नेतृत्वमा आफू पुग्ने रणनीति लिएका छन् । त्यसैले उनले आफूसँगै रहेका नेताद्धय गगन थापा र भिमसेनदास प्रधानलाई पनि सुईंको नै नदिईकन देउवा क्याम्पमा प्रवेश गरेका छन् । यस विषयमा देउवा र सिटौलावीच हिजो आज निरन्तर सम्वाद समेत भैरहेको छ । पार्टीलाई कसरी लैजाने र संगठनलाई कसरी चुस्त, दुरुस्त र प्रभावकारी बनाउनेबारे दुई नेताहरुवीच लगातार बहस तथा छलफल भैरहेको देउवा निकट उच्च स्रोतले जनाएको हो ।

यी हुन् बिहे अघि नै गर्भवती भएका सेलिब्रेटिहरु ?

बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहे अगाडी नै गर्भवती भएका छन्। श्रीदेवी फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको दिल तब जिते, जब श्रीदेवी अमेरिकामा बिरामी आमाको उपचार गरिरहेकी थिइन् । यो समयमा बोनीले उनलाई धेरै सहयोग गरे । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिहे गरेर सबैलाई चकित तुल्याइन् । खासमा श्रीदेवी गर्भवती भएका कारण हतारमा बिहे गरेकी थिइन् । श्रीदेवी स्वयंले यो कुरालाई स्वीकार गरिसकेकी छिन्। सेलिना जेटली सेलिना जेटलीको जीवनमा पनि बिहेअघि नै गर्भवती हुनुपरेको घटना निम्तियो । तर, उनले पनि त्यो समस्यालाई हतारमा ‘सेटल’ गरिन् । गर्भवती भएपछि उनले तत्काल ब्वायफ्रेन्ड पिटर हगसँग बिहे गरिन्। उनले नसोचेको समयमा पिटर हगसँग बिहे गर्नुको कारण तब पुष्टि भयो, जब केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन्। अमृता अरोरा मलाइका अरोराकी बहिनी हुन् अमृता । व्यापारी सकिल लदकसँग अफेयरमा रहेकी अमृताले पनि हतारमा बिहे गरिन् । त्यतिखेर बलिउडमा हल्ला चल्यो कि बिहेको समयमा अमृता गर्भवती थिइन् । नभन्दै बिहेको केही दिनमै उनले पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु।’ सारिका ठाकुर फिल्म राजतिलकको सुटिङका दौरान सारिका र कमल हसनबीचको अफेयर पर्दाफास भयो । त्यसलगत्तै उनीहरूले सम्बन्धलाई बिहेमा बदले । सारिका गर्भवती भएका कारण बिहे भएको कुरा केही समयमै यो जोडीले स्विकार्‍यो। नीना गुप्ता ‘म गर्भवती छु,’ भन्दै अभिनेत्री नीना गुप्ताले पनि अचानक दुनियाँ चकित पर्ने खबर सुनाइन् । उनले आफ्नो पेटमा रहेको बच्चाको पिताको नाम पनि खुलाइदिइन् । क्रिकेटर विवियन रिचर्डस् उनको पेटको बच्चाका पिता थिए । यो साहसिक फैसलापछि उनले बच्चालाई जन्म पनि दिइन्। महिमा चौधरी अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट आफ्नो करिअर सुरु गरेकी थिइन्। उनको वास्तविक नाम ऋतु चौधरी हो । उनले २००६ मा अचानक बाबी मुखर्जीसँग बिहे गरिन्। त्यतिखेर उनको हातमा केही फिल्म पनि थिए । तर, सबै काम छाडेर उनले मुखर्जीसँग लगनगाँठो कसिन्। उनको पनि हतारको बिहे तब पुष्टि भयो, जब बिहेको केही महिनामै छोरीलाई जन्म दिइन्।

चिनियाँ युवतीको जुत्तामा एक करोडको सुन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ

काठमाडौं, ९ पुस । जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँ युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। विमानस्थलस्थित भन्सार कार्यालयले २ किलो सुनसहित चिनियाँ युवती हुकाओ पुलाई शनिबार दिउसो पक्राउ गरेको हो। एयरचाइनाको उडानबाट नेपाल आएका उनीमाथि ह्यान्ड ब्याग चेकिङमा क्रममा सुन बरामद भएको एयरपोर्टका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। जुत्ता खोल्दा पनि पत्ता नलागोस् भनेर उनले पैतलामुनी १÷१ किलो सुनका बिस्कुट लुकाएकी थिइन् । तस्करीकै उदेश्यले उनी नेपाल आएको भन्सारको आशंका छ। दुई साताअघि पनि एक चिनियाँ महिला तीन किलो सुनसहित विमानस्थलमा पक्राउ परेकी छिन्। त्यस्तै शुक्रबार तीन नेपाली युवकलाई पनि भन्सार कार्यालयले आधा किलो सुनसहित पक्राउ गरेको छ। पछिल्लो नौ महिनामा भन्सार कार्यालयले मात्र विमानस्थलमा ४५ किलो सुन बरामद भइसकेको छ। दृष्टीन्यूजबाट

सांसद बनेका डिआईजी सिलवाललाई प्रक्राउ आदेश दिने तरखरमा प्रहरी मूख्यालय

एमाले पार्टीबाट नव निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ ।यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश र मुद्दा दायर भइसकेको विषयमा सिलवाल शंकाको घेरामा परेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा नेपाल प्रहरी पुगेको हो । प्रहरी प्रमुख अर्यालले सिलवाललार्इ पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउका लागि निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।तत्कालीन डिआईजी जयबहादुर चन्द प्रहरी प्रमुखमा सरकारी नियुक्ती भएसँगै असन्तुष्ट बनेका डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएकोमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको इजलासले उनको मागदाबी अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएसँगै हालका प्रहरी प्रमुख प्रकाश अर्याललाई सरकारले नियुक्ती दिएको थियो । सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन र लोक शेवा आयोगले पेश गरेको कार्यसम्पादन मूल्यांकन फरक पर्न गएकोहुँदा सिलवाल बिरुद्ध मुद्दा दायर भएको हो । हालै नवनिर्वाचित सीलवाल माथी परेको मुद्दा र पक्राउ आदेशले उनी प्रवेश गरेको राजनीतीक पार्टीमा के तरंग ल्याउने हो त्यो हेर्न बाँकि छ ।

फुटको संघारमा पुग्याे नेविसंघ, नैनसिंह महरलाई अध्यक्षबाट हटाइने

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान सुरु गरेका छन् । नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शनिबार बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ । माग पत्रमा अविलम्ब विधान अधिवेशनको माग गरिएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले जथाभावी चन्दा उठाएर पैसा हिनामिना गरी संघको बदनाम गरेको आरोप असन्तुष्ट समूहको भेलाले लगाएको छ । मागपत्र आइतबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन् । उनले मागहरू पूरा नभए केन्द्रदेखि ईकाईसम्म समानान्तर समितिहरू गठन गर्ने चेतावनी दिएकी छिन् । ‘रुपान्तरित कांग्रेसका लागि सदृढ नेवि संघ’ अभियानअन्तर्गत भेला गरिएको उनले बताइन् । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य समूहका नेताको सहभागिता थियो । जसमा ६४ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतको उपस्थिति थियो । आचार्य कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका मनिन्छन् । ‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका छौँ, भेलाले तयार पारेको मागपत्र सभापति वरिष्ठ नेता र महामन्त्रीलाई बुझाउँछौँ’, उनले भनिन् । एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने नेताहरुको भनाइ छ । निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरूको गुनासो थियो । ‘बलियो कांग्रेसका लागि सशक्त नेवि संघ’ अभियान पनि संगै सुरु गरिने विद्यार्थी नेताहरूको भनाइ छ । अध्यक्ष महरले विवाद भएका जिल्ला र क्याम्पसमा अर्को अधिवेशन नगराउँदा संगठन विस्तार नभएको आरोप विद्यार्थी नेताहरूको छ । यस सम्बन्धमा अध्यक्ष महरसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

वेश्या बन्दै करिना कपुर

नायिका करिना कपुर फेरि एकपटक वेश्याको भूमिकामा देखिँदैछिन् । यसभन्दा अगाडि पनि करिनाले र तलाश नामक दुई फिल्ममा वेश्याको भूमिका निर्वाह गरिसकेकी छन् । तलासमा करिनाको भूमिकालाई निकै मनपराइएको थियो । यसपटकको फिल्ममा करिनाको कस्तो भूमिकामा देखिन्छिन् त्यो त फिल्म आएपछि मात्रै थाहा हुनेछ अंग्रेजी अखबार डिएनएका अनुसार राजकुमार गुप्ताको निर्देशनमा बन्न लागेको फिल्ममा करिना कपुरले एक वेश्याको भूमिका निर्पाह गर्नका लागि छनौट भएकी छन् । नयाँ फिल्ममा करिनाले स्किजोफ्रेनियाको सिकार भएकी युवतीको भूमिका निर्वाह गर्नेछिन् । यो थ्रिलर फिल्म इन्डियन पिनल कोड ८४ को वरिपरि द्दुम्नेछ जसको कारण मानसिक अस्वस्थ व्यक्ति अन्जानमा गल्ती गर्न पुग्दछ । यो फिल्मको सुटिंग छिट्टै नै आरम्भ हुने निर्देशक गुप्ताले जानकारी दिएका छन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित भएको बताएका छन् । एजेन्सी

चौतर्फी दवाब पछि प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा

पौष ०८, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवं प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएकाले अब त्यही अनुसारको तयारी गर्नुपर्ने बताए । मन्त्री गौतमले प्रधानमन्त्री शेरवहादुर देउवाले उपयुक्त वातावरण मिलाएर कुर्सी छोड्ने तयारी गरेको जानकारी दिए । उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए । राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले यसलाई अनावश्यक किसिमले लम्ब्याउने काम गर्न नहुने बताए । निर्वाचनपछिमात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

८ पुस, नवलपरासी । ८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले आफ्नो मततर्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाक्ष्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’ तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ । ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे । आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवार आफ्नै भएको बताए । उनले भने, ‘हामी धुविधामा छैनौं । पार्टी एकता बनाइ छाड्ने, सरकार पनि स्थिर बनाउने तथा विकास निर्माण र समाजवादतिर देशलाई लैजाने भन्नेमा हामीले कहिँ कतै दायाबाँदा सोच्ने कुरा छैन ।’

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

८ पुस, नवलपरासी । ८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले आफ्नो मततर्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाक्ष्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’ तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ । ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे । आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवार आफ्नै भएको बताए । उनले भने, ‘हामी धुविधामा छैनौं । पार्टी एकता बनाइ छाड्ने, सरकार पनि स्थिर बनाउने तथा विकास निर्माण र समाजवादतिर देशलाई लैजाने भन्नेमा हामीले कहिँ कतै दायाबाँदा सोच्ने कुरा छैन ।’

प्रचण्डसँग देउवाले भने, ‘मलार्इ राष्ट्रपति बनाइदिनुस्, तत्काल राजीनामा दिन्छु’

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगरेसम्म राजीनामा नदिने अडान राखिरहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष अचम्मकाे प्रस्ताव राखेका छन् । जारी राजनीतिक गतिराेध अन्त्यकाे लागि पहलकदमी लिने क्रममा देउवालार्इ विकल्पकाे बाटाे अपनाउनुपर्ने सुझाव दिन पुगेका प्रचण्डलार्इ देउवाले अचम्मकाे प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री निकट स्राेतका अनुसार देउवाले अाफूलार्इ राष्ट्रपति बनाउने कुराकाे ग्यारेन्टी गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका छन्। अाफूलार्इ राष्ट्रपति बनाउने ग्यारेण्टी भएकाे खण्डमा तत्काल पदबाट राजीनामा दिने समेत देउवाले भनेका छन् । देउवाकाे प्रस्तावमाथि प्रचण्डले कुनै जवाफ दिएकाे छैन । उनले जवाफमा व्यक्तिगतभन्दा राष्ट्रिय अावश्यकता र स्वार्थलार्इ बुझेर काम गर्नुपर्ने धारणा राखेका छन् ।

मुखमैथुन नगरी सम्भोग गर्‍यो भने मेरो श्रीमानको चित्त बुझ्दैन,,अब म के गरौं मलाई यो मन पर्दैन

मेरो विवाह भएको १५ वर्ष भयो । हाम्रो प्रेमविवाह हो र हाम्रा दुई सन्तान पनि छन् । हाम्रो यौनसम्बन्ध हुनुअघि मुखमैथुन हुन्छ । त्यस्तो मेरो श्रीमान्को बढी चाहनाले गर्दा हुन्छ । मुखमैथुन नगरी सम्भोग गर्‍यो भने मेरो श्रीमान्को चित्त बुझ्दैन । म श्रीमान्को खुसीका लागि पनि मुखमैथुन गर्छु । यसबाट कुनै समस्या सिर्जना हुन्छ कि ? यो कुनै रोग हो ? +NP – डा. राजेन्द्र भद्रा प्रेमविवाहपछि यसरी लामो समयसम्म सन्तान सुख र यौनसुख प्राप्ति गरिरहनुभएको कुराले हर्षित तुल्याएको छ । तपाईंले श्रीमान्को चाहनाले मुखमैथुन गर्नुभएको सन्दर्भले पनि तपाईंहरू बीचमा यौनका विषयमा खुलेर कुराकानी हुन्छ भन्ने बुझिन्छ । तपार्इंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मुखमैथुन के हो चर्चा गरौं । मुखमैथुन (oral sex) के हो ? एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ । कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । कतिपयलाई यो पश्चिमा संस्कृतिको प्रभाव हो भन्ने लाग्ला, तर यो पूर्वीय समाजमा पनि थियो भन्ने कुरा बिर्सनु हुँदैन । कामसूत्रमा ऋषि वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाममा वर्गीकृत गरेका छन् । ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बलिएजस्तै गरेर लिङ्गको चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) । यद्यपि मुखमैथुन लिङ्ग र मुखमा मात्र सीमित छैन । वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग–मुख मैथुन, २. योनि–मुख मैथुन, ३. गुद्द्वार–मुख मैथुन सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुनलाई अंग्रेजीमा Cunnilingus र योनि–मुख मैथुनलाई ऋगललष्ष्लिनगक भनिन्छ भने गुद्द्वार–मुख मैथुनलाई ब्लष्ष्लिनगक भनिन्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुन सक्छ भने योनि–मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुन सक्छ । तपाईंहरूको बीचमा के–कस्तो मुखमैथुन हुन्छ भन्ने स्पष्ट छैन, तर श्रीमान्को लिङ्ग र तपाईंको मुख भएको अनुमान गर्न भने सकिन्छ । के पछि कुनै असर गर्ला ? मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि गएर यसले कुनै हानि गर्छ कि भन्ने आशंका धेरैमा पाइन्छ । स्वस्थ व्यक्तिबीचको मुखमैथुनलाई असुरक्षित मानिँदैन । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसले आफैंमा कुनै हानि वा खराबी गर्ने होइन । त्यसैले यस्तो वीर्य वा योनिरस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन । तपाईको श्रीमान्लाईलाई मुख–मैथुन मन पर्ने भएकाले उहाँले त्यसको भरपूर आनन्द लिनुभएको देखिन्छ तर तपाईंलाई भने केही असजिलो भएजस्तो बुझिन्छ । यसमा तपार्इं सहज रूपमा संलग्न हुन सक्नुभए कुनै हानि गर्दैन । तपाईंहरू दुवैमा कुनै रोग भएको कुरा पत्रमा उल्लेख छैन, यस अर्थमा तपाईंहरू स्वस्थ हुनुहुन्छ । स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । यदि यौनरोगहरू छन् भने कुरा अर्कै हो । सामान्य लिङ्ग–योनि यौनसम्पर्कजस्तै रोग सर्ने कुरा यसमा पनि लागू हुन्छ । यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यौनरोग लागेको अथवा यौनरोग लागेको शंका मात्र छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । अहिले मुखमैथुनका लागि नै भनेर कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र मुखमा वीर्य स्खलन भएको स्थितिमा जोखिम बढ्ने कुराको हेक्का राख्नुपर्छ । कतै करले मुखमैथुन गर्नुपरेको हो कि ? यौनसम्पर्क संलग्न दुवै व्यक्तिको सहमतिमा हुनुपर्ने कुरा हो । कर गर्नु वा दबाब दिनु सुखमय यौनसम्बन्धका लागि उचित हुँदैन । तपाईंले कर वा दबाबको कुरा गर्नुभएको छैन, तर तपाईंले श्रीमान्को खुसीका लागि भन्नुभएको छ । यसले तपार्इंमा यसप्रति कि त रुचि छैन अथवा कुनै किसिमको असजिलो छ भन्ने प्रस्ट हुन्छ । कतिपय व्यक्तिमा मुखमैथुनप्रति रुचि

महाभारतको युद्दमा हजारौं ब्यक्ति मारिए तर किन भेटिएन कसैको पनि लाश ? कारण यस्तो थियो

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ । तर एक सवाल उठ्ने गरेको छ कि यदी हजारौं वीर योद्धाहरुको मृत्यु भएको थियो भने उनीहको शवको अंतिम संस्कार कसरी भएको थियो ? श्रीरामले रामसेतु को निर्माण गराएका थिए । यसको तथ्य साक्षीको रुपमा वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाएका छन् । तर महाभारत को त्यो भीषण युद्ध साचिनै लडिएको थियो भन्ने यसको कुनै प्रमाण आजसम्म हासिल भएको छैन । केही तथ्य कुरुक्षेत्रको युद्ध मा मारिएका सैनिकंर योद्धाहरुको शव या अस्थियां यसकारण हासिल भएन किनकी आजकलको जस्तो मारिएका दुश्मनको शवमाथि दुव्र्यवहार गरिन्छ पहिलो यस्तो हुँदैन थियो । महाभारत को युद्ध दिन सकिएसँगै रोकिने गरेको थियो । र, जो जो युद्धमा मारिएका थिए उनीहरुको शवलाई अन्तिम संस्कार गरिने गरिएको थियो या परिवारलाई जिम्मा लगाइन्थ्यो । अमल नंदन, जसले कुरुक्षेत्र को पौराणिक इतिहास बारे विस्तृत अध्ययन गरेका छन् उनी भन्छन्, ‘उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएको थियो । त्यस दिन युद्ध समाप्त भएसँगै कुरुक्षेत्र को भूमिलाई जलाइएको थियो । यस्तो यसकारण गरिएको थियो कि हरेक मृत योद्धाले स्वर्गमा स्थान बनाउन सकुन् ।’ महाभारतका युद्धमा धेरै कुरा भएका थिए जसलाई विश्वास गर्न कठिन छ । शायद यही कारण आज पनि धेर्र मानिस कल्पनाको परिणाम रुपमा लिन्छन् ।-लोकान्तर

एक्कासी प्रचण्डलाइ फोनमा अयोधीले सुनाए यस्तो निर्णय, देउवालाई भयो ठुलो राहत

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । यादवले संघीय संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको मत परिणाम गर्न अप्ठेरो परेको जानकारी गराएको स्रोतले बतायो । यता पार्टीको शीर्ष बैठकमा प्रचण्डले आफू निकट नेताहरुलाई आयुक्त यादवको भनाइ सुनाइसकेका छन् । आयुक्त यादवले यसअघि पनि राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा समानुपातिकतर्फ दलहरुले पठाउनु पर्ने महिला सांसदको संख्या तोक्न नसकिने भएकाले परिणाम सार्वजनिकमा कठिनाइ रहेको बताएका थिए । वाम गठबन्धनका नेताहरु प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा आवश्यक नभएको भन्दै तत्काल परिणाम सार्वजनिक गर्नु पर्ने बताउँदै आएका छन् । एमाले नेता सुवास नेम्वाङले मतपरिणाम सार्वजनिक गर्नुपर्ने सन्देश आयोगलाई दिइसकेको बताएका छन् । वाम गठबन्धनको यो अडानका कारण आयोग अहिले दबाबमा छ।

यस्तो छ आरजुले हार्नुको खास कारण, यी हुन् भारतबाट फर्केर हराउने टीम कमाण्डर

धनगढी । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी आरजु राणाले कैलालीको नेर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित भइन् । स्थानीय पार्टीका केही नेता–कार्यकर्ताको असहमतिबीच राणा चुनावी मैदानमा उत्रिन । श्रीमान पार्टी सभापति तथा संसदीय दलको नेता भएका कारण अरुलाई जस्तो टिकट लिन गारो हुने कुरा भएन । विरोधका स्वरको बेवास्ता गर्दै राणाको उम्मेदवारी घोषणा भयो । पार्टीका स्थानीय नेताले विरोध समेत गरे । चुनावमा प्रचारमा खट्नु पर्ने नेताहरु नै आरजुलाई पर्यटक उम्मेदवार भन्दै उपरखुट्टी हालेर बसे । चुनावमा लगातार पर्यटकको आरोप लाग्न थालेपछि आरजुले धनगढीमा घर नै किनिन् । चुनावी माहौल राम्रो बन्दै गएको थियो । आफ्नै नेताहरुले चुनावको तीन पहिले त्यो महौललाई भताभुंग पारे । चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका कारण नेपाली काँग्रेसलाई त्यसैपनि सजिलो थिएन । त्यसमा पनि आफ्नै नेता–कार्यकर्ता पर्यटक भन्न थालेपछि आरजुलाई निकै गारो भयो । आरजुले टिकट पाएसँगै नेपाली काँग्रेसका स्थानीय नेता तथा निवर्तमान सांसद पुष्करनाथ ओझाले विरोध गर्दै आएका थिए । चुनाव प्रचारमा खट्नु छोडेर ओझ भारत गएर बसे । आरजुले जित्ने सम्भावना बढ्दै गएपछि ओझा भारत फर्केर हराउने समूहको नेतृत्व गरे । ओझाले धनगढीको विद्या होटलमा डेरा जमाए । आरजु विरोधी गतिविधि ओझाले त्यहीबाट गरे । आरजुको विरोधी काँग्रेस नेता–कार्यकर्ताको विद्या होटल सम्पर्क स्थल बन्यो । त्यहीबाट चुनाव हराउने योजना बनाइए । एमाले उम्मेदवारदेखि नेतासम्म त्यही होटलमै भेटेर योजना बनाइएको रहस्य खुलेको छ । काँग्रेसका एक स्थानीय नेताका अनुसार सोँचे जसरी आरजुका महौल बिगार्न नसकेपछि ओझाले एउटा उपाय निकाले । धनगगढीमा डोटेली बहुल्यता छ । तिनै डोटेलीलाई भड्काउने योजना बनाइयो । ‘डोटेलीको भोट चाहिदैन’ भनेर आरजुले भनेको भन्दै सबै डोटेलीको घरघरमा सन्देश पुर्याइयो । त्यो सुन्ने वितिकै रातारात डोटेली काँग्रेसीहरु देखाइ भनेर निस्किए । स्थानीय चुनावले धनगढी उपमहानगरपालिकामा काँग्रेसले जितेको थियो । अहिले एमाले र माके मिलेका कारण काँग्रेसलाई चुनौति थियो नै तर हारको मुख्य कारण आन्तरिक नै भएको खुलासा भएको छ । त्यसपनि जिम्मेवार नेता नै हराउने अभियानको नेतृत्व गरेपछि आरजुले हारिन् । राजनीतिक भाषामा अन्तरघात हारको मुख्य कारण हो । अान्तरिक अन्तरघातकै कारण एमालेका नरदमुनि रानाले विजयी भए । – अनलाइन डबलीबाट

अबको कति दिनमा प्रधानमन्त्री बन्दैछन केपी ओली?

काठमाडौं, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अबको तीन साताभित्र नयाँ सरकार बन्ने भएको छ । एमाले र माओवादी केन्द्रको पहिला सरकार बन्ने र लगत्तै पार्टी एकता हुने भएको हो । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने खुलासा गरेका हुन् । ओलीको नेतृत्वमा बन्ने सरकारमा प्रभावशाली मन्त्री बन्ने लाइनमा रहेका महराले शुक्रबार दाङमा आयोजित पत्रकार सम्मेलनमा सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे । ‘कुनै अबरोधले भूमिका खेलेन भने अबको तीन हप्तामा नयाँ सरकार बन्छ,’ महराले भने, ‘नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।

मोदीको फोनले आजको सर्वदलीय बैठक बसेको चर्चा भएपछि प्रचण्डले मुख खोले

चितवन, ७ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भने, “उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भन्नुभयो “सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।” पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो । पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ ।” राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताउनुभयो । यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उहाँले जानकारी दिनुभयो । सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय हुन् भन्दै उहाँले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।” एक प्रसंगमा उहाँले राष्ट्रियसभामा २२ जना महिला (३७.५प्रतिशत) आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आआफ्नातर्फबाट ३३ प्रतिशत पु¥याइदिने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट गर्नुभयो । अर्काे प्रसंगमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भन्नुभयो, “उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो रासस

शेखरले गरे देउवालाई आपत आइलाग्ने कुरा

काठमाण्डु, ७ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे । उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिए । पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपूm निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारको जिज्ञासामा उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे । पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले भने, ‘आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।’ रासस

नेपालले जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विरुद्ध भोट हालेपछि अमेरिकाले दिने ५२ अर्ब गुम्न सक्ने

काठमाडौं, ७ पुस । अमेरिकाले विभिन्न शीर्षकमा नेपाललाई दिन लागेको आर्थिक सहयोग गुम्न सक्ने खतरा बढेको छ । अमेरिकाले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिएकोमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले विरोध जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभाले ठूलो बहुमतबाट जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ । नेपालले अमेरिकाको विपक्षमा भोट हालेको थियो । १२८ मुलुकले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने नौवटा मुलुकले मात्रै विपक्षमा मत हाले । ३५ वटा मुलुक मतदानमा अनुपस्थित रहेका थिए । आफ्नो देशको निर्णयको विरोध गर्ने १२८ मुलुकलाई दिएको आर्थिक सहायता बन्द गर्ने चेतावनी अमेरिकाले दिइसकेको छ । जसका कारण नेपाललाई हालसम्मकै सबैभन्दा धेरै अमेरिकी सहयोग ५० मिलियन डलर (५२ अर्ब) प्राप्त भइसकेको रोकिन सक्ने सम्भावना छ । नेपाल र अमेरिकाबीच अहिलेसम्मकै ठूलो अनुदान सहयोगमा हस्ताक्षर भएको छ । अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले ५० करोड डलरको अनुदान सहयोग प्राप्त गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच दुई महिनाअघि सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपालले यो अनुदान सहयोगअन्तर्गत अमेरिकी सरकारबाट ५० करोड डलर र आफ्नो समकारक कोष (काउन्टरपार्ट फन्ड) १३ करोड डलर गरी ६३ करोड डलर विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि खर्च गर्नेछ । अमेरिकी सहयोग अन्तर्गत चार सय केभी क्षमताका ३०० किमी प्रसारण लाइन र ३०५ किमी सडक मर्मत तथा विस्तार गर्नेछ । सहयोगअन्तर्गत, लप्सीफेदीदेखि दमौली, गल्छी (धादिङ) देखि हेटौडा र दमौलीदेखि भारतीय सीमा सुनवलसम्म प्रसारण लाइन निर्माण गरिनेछ भने गल्छी, दमौली र सुनवलमा ४०० केभी क्षमताका तीनओटा प्रसारणलाइन निर्माण हुनेछ । त्यस्तै, सडक परियोजन अन्तर्गत मेची राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, त्रिभुवन राजपथको भैंसे—हेटौंडा सडक खण्ड, त्यस्तै भैंसे—भीमफेदी र दाङको अमेलिया—तुलसीपुर सडक खण्ड मर्मत र स्तरोन्नति हुनेछ । सन् २०११ म मिल्लेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको नेपालले यसका शर्तहरू पालना गर्दै कम्प्याक्ट फन्डिङ कार्यक्रममा सन् २०१४ मा छनोट भएको थियो । नेपालले परियोजना कार्यान्वयन सुरु गरेको पाँच वर्षभित्र अमेरिकी सहयोगअन्तर्गतका परियोजनाहरु सम्पन्न गरिसक्नुपर्छ । परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण, पुनर्वास तथा प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्रमा राइट अफ वे भने नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । तर, बिहीबार अमेरिकाविरुद्ध नेपालको राष्ट्रसंघमा मतदानपछि यी सबै आर्थिक सहयोग प्रभावित हुने भन्दै सर्वत्र चासो र चिन्ता सुरु भएको छ ।

चुनावपछि पहिलोचोटि भेट्दा देउवालाई ओलीको व्यङ्ग्य

७ पुस, काठमाडौं । ‘कामचलाउ सरकार’का प्रधानमन्त्री शेरबहादुर देउवा र ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । तर, चुनावपछि भएको यो पहिलो भेट सौहार्दपूर्ण हुन सकेन । चुनावपछि देउवा र ओलीबीच भेट मात्रै होइन, टेलिफोन वार्ता समेत हुन सकेको थिएन । झापा र डडेलधुराबाट चुनाव जितेका ओली र देउवाले एकअर्कावीच बधाइसमेत साटासाट गरेका थिएनन् । दुबै नेताले चुनाव अघिदेखि नै एकअर्काप्रति आक्रामक आभिव्यक्ति दिँदै आएका थिए । प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि कांग्रेस सभापति देउवा केही रक्षात्मक बने । तर, एमाले अध्यक्ष ओली भने देउवाप्रति झन आक्रामक बने । यस्तै तिक्ततापूर्ण परिवेशमा शुक्रबार देउवा र ओलीको भेटघाट भयो । यो भेट पाँच दलको बैठकले जुरेको हो । देउवाले प्रधानमन्त्री निवास बालुवाटार आउन दिएको निम्तो ओलीले स्वीकार गरे । राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन देउवाले पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । एमाले अध्यक्ष ओली केही ढिलो गरी बालुवाटार पुगे । ओलीका लागि देउवाकै छेउमा कुर्सी थियो । त्यहाँ बस्नुअघि देउवासँग उनले हात मिलाए । सहभागी एक नेताका अनुसार दुई नेताबीच बैठकका क्रममा सौहार्दपूर्ण कुराकानी हुन सकेन । बैठकमा उपस्थित कांग्रेसका एक नेता भन्छन्, ‘चुनावपछि यो पहिलो सर्वदलीय बैठक थियो । तर, बैठकमा ओली र देउवाको सम्वाद न सौहादपूर्ण रहृयो, न तनावपूर्ण नै रहृयो ।’ एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि जनमत वाम गठबन्धनको पक्षमा आउँदा पनि सत्ता छाड्न नचाहेको आरोप लगाए । ‘ओलीजीले वाम गठबन्धनले जित्यो भने सरकार छाड्नुपर्दैन, ५ वर्ष चलाइराख्छौं भन्ने पनि थपौं भन्नुभयो’ एक नेताले अनलाइनखबरसँग भने- ‘देउवाजीले मैले कहाँ छाडि्दँन भनेको छु भन्नुभयो ।’ अध्यादेशमा सहमति जुटाउन देउवाले बोलाएको यो बैठक विनासहमति टुंगिएको थियो । बैठकमा कांग्रेस र एमालेले आ-आफ्ना अडान यथावत राखेपछि सहमति नजुटेको हो ।

गठबन्धनको पत्रकार सम्मेलनअघि ओलीले भारतीय राजदूतसँग गोप्य भेट गरेको खुलासा

काठमाण्डु, ७ पुस– एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच गोप्य भेटघाट भएको खुलासा भएको छ । केही दिनअघि नै भएको उक्त भेटघाटलाई एमालेले गोप्य राखेको हो । राजदूत पुरीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई गत २ पुसमा भेटेका थिए । उक्त भेटघाटबारे एमाले सचिवायलका सचिव प्रदीय ज्ञवालीले बाम गठबन्धनको पत्रकार सम्मेलनअघि ओली–राजदूनत भेट भएको जानकारी दिएका हुन् । ज्ञवालीले पुरीले नियमित भेटघाटका रुपमा आफ्ना अध्यक्ष ओलीसँग भेटेको ज्ञवालीले बताए । भेटमा राजदूत पुरीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याएकामा बधाई तथा शुभकामना दिएको उनले बताए । ‘राजदूतले बाम गठबन्धनको विजयमा शुभकामना र बधाई दिनुभएको हो’, बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भने यो नियमति भेटघाट हो ।’ भारतीय राजदूत पुरी नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न हाल दिल्लीमा छन् ।

प्रचण्डद्वारा भारतको अफर अस्वीकार, के भनेको रहेछ भारतले ?

प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले काठमाण्डुटुडेलाई जानकारी दिए । ती नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका थिए । उनले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ उनको थियो । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘अबको प्रधानमन्त्री तपाईं बन्नुस् । म तपाईंका लागि बालुवाटार खाली गर्न तयार छु’, देउवाले भनेका थिए । जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए सामाजिक सदभाव कमजोर हुने र राष्ट्रलाई एकताबद्ध गर्न नसकिने तर्क गरेका थिए । प्रचण्ड प्रधानमन्त्री भए सबैलाई मिलाएर जान सक्ने खुबी भएकाले मुलुक अप्ठेरोमा नपर्ने उनको भनाइ थियो । देउवा सरकारका मन्त्रीसमेत रहेका देउवानिकट काँग्रेस नेता महेन्द्र यादवले शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा अबको प्रधानमन्त्री प्रचण्डलाई बनाउन काँग्रेस तयार रहेको बताइसेकका थिए ।

आफू जोगिन सिलवाललाई फसाउँदै मुख्य सचिव रेग्मी, यसरी रचियो षडयन्त्रको जाल

काठमाडौं, ६ पुस । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले नवनिर्वाचित सांसद नवराज सिलवाललाई गैरकानुनी तरिकाले पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । सर्वोच्च अदालतले नेपाल प्रहरीको २५ औ आईजीपी नियुक्तिका क्रममा पेश गरिएका केही कागजातहरु किर्ते भएको फैसाला सुनाएपछि त्यसलाई आधार बनाएर रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिएका हुन । प्रहरी उच्च स्रोतका अनुसार “किर्ते काण्डमा भोलिका दिनमा न्यायिक छानविन भएको खण्डमा आफैँ फस्ने सम्भावना बढेपछि हतासमा जबरजस्ती सिलवाललाई फसाएर रेग्मी लगायतको एक समुह उम्कन खोज्दै छ ।” नेपाल प्रहरीका पूर्ब आईजी उपेन्द्रकान्त अर्याल, पूर्व न्यायधिवक्ता रमण श्रेष्ठ र मुख्य सचिव रेग्मी सिलवाललाई जसरी भएपनि पक्राउ गरी मुद्दा दायर गर्न रणनीतिमा लागेका छन् । सर्वोच्चले आईजी पक्ररणमा मुद्दाको फैसाला गर्दै अदालतमा पेश हुन आएको किर्ते कागजातको बिषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो । तर मुख्य सचिव रेग्मी, श्रेष्ठ र अर्याल दोष जती सिलवालको टाउकोमा थोपरी आफू उक्त किर्ते काण्डबाट जोगिने उपायमा छन् । किर्ते भनिएको कार्यसम्पादन मूल्याङकन फाईल तत्कालिन आईजी आर्याल, तत्कालिन एआईजी वीरेन्द्रबाबु श्रेष्ठ र तत्कालिन कर्मचारी प्रशासनका प्रमुख विश्वराज पोखरेलको जिम्मेवारी भित्र पर्छ । तर ति कागजातहरु कसरी बाहिरे भन्ने कुराको अनुसन्धान नै नगरी सिलवाललाई आरोप लगाउँदै मुख्य सचिव रेग्मीले सिलवाललाई पक्राउ गर्न दबाब दिन थालेका छन् । रेग्मीले बुधबार र बिहीबार आईजी पकाश अर्याल र काठमाडौं परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकलाई सिलवाललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन दबाब दिएको स्रोतको दाबी छ । यो पक्ररण सुरु हुँदा मुख्य सचिव रेग्मी नै गृह सचिव थिए । नेपाली काँँग्रेस सभापती तथा प्रधानमन्त्री शेरबाहादुर देउवाको आदेशमा रेग्मीको योजनामा अर्याललाई आईजी बनाउन कासमू किर्ते गरी सिलवालको भन्दा बढी नम्बर दिएर नक्कली खडा गरिएको थियो । उक्त घटना गम्भीर प्रकृतिको भएकाले संसदिय समितिबाट छानविन हुनु पर्ने कानुन व्यवसायीहरुले आवाज उठाएका छन् । अनुसन्धानको दायरामा मुख्य सचिव मात्र होईन सर्वोच्च अदालतकै न्यायधिश समेत तानिने हुँदा संसदीय छानविन आवश्यक रहेको अधिवक्ता टिकाराम भट्टराईले बताए । ८ चैतमा सर्वोच्च अदालतले गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलबाट झिकाईएको कार्यसम्पादन मूल्याङकको आधारमा सिलवालको बढी नम्बर देखाँउदै उनलाई आईजी बनाउन सरकारको नाममा प्रमादेश जारी गरेको थियो । तर सरकारले प्रहरी नियमावलीअनुसार ३ बर्षको नम्बरका आधारमा रातारात डीआइजी सिलवालको २ नम्बर घटाइ प्रकाश अर्यालको बढी देखाएर उनलाई आइजीपी बनाएको थियो तत्कालिन मन्त्रिपरिषद्ले त्यसताकाका महान्यायधिवक्ता श्रेष्ठको संयोजकत्वमा चैत्र २८ गते हालका मुख्य सचिव तथा तत्कालिन गृहसचिव रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो । सचिव रेग्मी, पूर्वआइजीपी अर्याल, मानवस्रोत विभागका पूर्वएआइजी श्रेष्ठ, प्रहरीको कर्मचारी प्रशासन शाखाका तत्कालिन एसपी विश्वराज पोखरेलले कीर्ते गरी सिलवालको २ नम्बर घटी बनाएर अर्याललाई आइजीपी बनाउने भूमिका खेलेको स्रोतको दाबी छ । सरकारी छाप दस्तखत कीर्तेमा अर्याल, श्रेष्ठ, पोखरेल, रेग्मी, श्रेष्ठ फस्ने भएपछि प्रधान न्यायधिश कार्कीमाथी महाअभियोग लगाउने रणनीति बनेको स्रोत बताउँछ । स्रोतका अनुसार उक्त काण्ड निश्पक्ष छानविन भए तत्कालिन सरकारको नैतिकतामा समेत प्रश्न चिन्ह खडा हुन्छ ।

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन



बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । १. बिहानबिहानै हत्केला हेर्नुहोस बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।२. मन्दिर सफा राख्नुहोस घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ । ३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ । ४. गाईलाई रोटी खुवाउनुहोस् सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस । ५. सुर्यलाई जल चढाउनुहोस् सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

© स्वदेश अनलाइन . Design by Fearne